समीक्षा तथा आगामी कार्ययोजना र मुख्य समस्या सम्बन्ध बैठक सम्पन्न
धनुषा । २०८० फागुन १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) काे आयाेजनामा ०८० फागुन १४ गते बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहले स्थानीय तहकाे समीक्षा तथा अगामि कार्ययोजना र मुख्य समस्या विषयक बैठक सम्पन्न गरेको छ। बैठक बटेश्वर गाउँपालिकाकाे मानव अधिकार समूहको अध्यक्ष सुरज महताेकाे अध्यक्षतामा सम्पन्न भयाे । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, जातिय विभेद, दाइजाे प्राथा, महिला हिंसा र सबै प्रकारका मुख्य समस्याहरुकाे पहिचान गरी साे काे समाधान तथा न्यूनीकरणकाे रणनीतिक कार्ययोजनाका सम्बन्धमा बैठक बसेर निर्णय गरिएको छ ।

उक्त बैठकमा गाउँपालिकाका समस्याहरुकाे समाधानका लागि प्रदेश र स्थानीय तहकाे सम्बन्धित सराेकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाउने मानव अधिकार समूहका सदस्यहरूले निर्णय गर्नुका साथै समस्या समाधानका लागि विगतको कार्ययोजना बमोजिम सम्पन्न गर्ने निर्णय गरिएको समूहका अध्यक्ष सुरज महताेले जानकारी दिनु भयो । अध्यक्ष महताेले बटेश्वर गाउँपालिकाभित्र जुनसुकै ठाउँमा परेका समस्या विरूद्ध जागरण अभियानका साथै मानव अधिकार र वातावरण संरक्षणको अभियान सञ्चालन गरिने बताउनु भयो । त्यस्तै, स्थानीय तहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार तथा जातीय विभेद सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने मानव अधिकार समूहका अध्यक्ष सुरज महताेले बताउनु भयो ।
सन्तोष कुमार यादब
HUMAN RIGHTS NEWS PORTAL






