मानवअधिकार प्रर्वद्धन सम्बन्धी कार्यक्रमको लागि गाउँपालिकाहरुमा प्रस्तावना पेश

कास्की । २०८१ जेठ ३१ गते

मानवअधिकार प्रर्वद्धन कार्यक्रमलाई आगामि आर्थिक वर्ष ०८१ /०८२ को निति तथा कार्यक्रममा समावेश गर्नको लागि र यस्ता कार्यक्रमको लागि बजेटमा सम्बोधन गर्नको लागि इन्सेक गण्डकी प्रदेश कार्यालयद्धारा स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकामा प्रस्तावना पेश गरिएको छ ।

हरेक पालिकाहरुमा मानवअधिकार प्रर्वद्धन  कार्यक्रम, पछाडि पारिएका व्यक्ति तथा समुदायको क्षमता विकास कार्यक्रम, मानवअधिकार सम्बन्धि पाचौँ राष्ट्रिय कार्ययोजना को कार्यान्वयन सम्बन्धि कार्यक्रम, सम्युक्त राष्ट्रसंघ सुरक्षा परिषद् बाट पारित महिला शान्ति सुरक्षासम्बन्धी प्रस्तावना नम्बर १३२५ र १८२० सम्बन्धी दोसा्रे राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन सम्बन्धी कार्यक्रमलाई आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न माग गर्दै कार्यक्रमको प्रस्ताव पेश गरिएको हो ।

आँधिखोला गाँउपालिकाका अध्यक्ष विश्वराज पौडेल र फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउ कुमारी गुरुङले उक्त प्रस्तावनापत्र बुझ्दै यि कार्यक्रमहरुलाई आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।