मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष स्थापना

| 07-Dec-2021

कास्की । २०७८ मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गण्डकी प्रदेश कार्यालयमा मानव अधिकार श्रोत केन्द्र तथा सहायता कक्ष मङ्सिर १९ गते स्थापना गरिएको छ । मानव अधिकारसम्बन्धी स्रोतको अधिक्तम उपयोग, इन्सेकका प्रकाशनहरुको अध्ययन, मानव अधिकार उल्लङघनबाट पीडितहरुलाई आर्थिक तथा न्यायिक सहायताको लागि इन्सेकसँग समन्वय र सहकार्य,…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

| 06-Dec-2021

मुस्ताङ । २०७८ मङ्सिर २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम मुस्ताङमा मङ्सिर १७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सबैलाई न्यायको प्रत्याभूति हुनपर्ने बताउनुभयो । उहाँले…

मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी तालिम सुरू

| 02-Dec-2021

कास्की । २०७८ मङ्सिर १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुतिसम्बन्धी दुई दिने तालिम मङ्सिर १६ गतेदेखि पोखरामा सुरू भएको छ । मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले तालिमको उद्धेश्य माथि प्रकाश पार्दै रेडियो कार्यक्रमलाई अझ प्रभावकारी…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा कार्यक्रम सम्पन्न

| 02-Dec-2021

कास्की । २०७८ मङ्सिर १६ गते लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत मङ्सिर १४ गते अन्नपूर्ण गाउँपालिकामा  कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको छ । सामाजिक विकास…

सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक सम्पन्न

| 01-Dec-2021

कालीकोट । २०७८ मङ्सिर १५ गते इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकर्मी र मानव अधिकारकर्मीबीच समन्वयात्मक बैठक मङ्सिर ७ गते सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालयका सुना प्याकुरेल र कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको उपस्थितिमा आयोजित बैठकमा जिल्लाका क्रियाशिल पत्रकार, मानव अधिकारकर्मी, मानव  अधिकार समूहका प्रतिनिधिको…

मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

| 30-Nov-2021

हुम्ला । २०७८ मङ्सिर १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्म सङ्कलन गरिएका १० ओटा…

यूपीआरमा प्राप्त सुझाव कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना विषयक छलफल कार्यक्रम सम्पन्न

| 29-Nov-2021

काठमाडौँ । २०७८ मङ्सिर १३ गते बियोन्ड बेइजिङ कमिटी र आरएचआरएनको आयोजना तथा इन्सेक, ओेरेक र डिआरसीएफसीको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर)मा नेपाललाई प्राप्त सुझाव कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना बिषयक छलफल कार्यक्रम मङ्सिर १३ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तर्फबाट सहसचिव कोशलचन्द्र सुवेदीले यूपीआर…

इन्सेकको टोलीद्वारा मानव अधिकारका सवालमा सरोकारवालासँग छलफल

| 26-Nov-2021

कालीकोट । २०७८ मङ्सिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले मानव अधिकारका विविध विषयलाई लिएर जिल्लाका सरोकारवालाहरूसँग मङ्सिर ७ गते छलफल गरेको छ । इन्सेक केन्द्रीय कार्यालयकी सुना प्याकुरेल, कर्णाली प्रदश कार्यालयका संयोजक नारायण सुवेदी र जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको टोलीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, खाँडाचक्र नगरपालिका…

महामारीमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन भएनः अध्यक्ष लामा

| 26-Nov-2021

मकवानपुर । २०७८ मङ्सिर १० गते गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले राज्यले महामारीको समयमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन गर्न नसकेको बताउनु भयो । इन्सेक बागमती प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिको सहकार्यमा मङ्सिर ९ गते हेटौँडामा आयोजना गरेको महामारी र विपद्ले नागरिक समाजमा…

इन्सेकद्वारा मनहरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| 26-Nov-2021

मकवानपुर । २०७८ मङ्सिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर ८ मनहरी गाउँपालिकामा सरोकारवालाहरूसँग शिक्षा, स्वास्थ्य एवम् खाद्यलगायतका अधिकारको विषयमा सार्वजनिक सुनुवाइ गरेको छ । डब्लुपीडी नेपालको सहयोगमा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थाले गाउँपालिकाभित्र भइरहेका समस्या एवम् समाधानका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको हो…