मोरङ । २०८३ असोज ५ गते

भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनु भएका सुन्दरहरैँचा नगरपालिका–१२ का ४५ वर्षीय सूर्यबहादुर कार्कीको ०८३ असोज ४ गते कुशको शव बनाएर सद्गत गरिएको छ ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनु भएका कार्कीको धेरैतिर खोजी गर्दा केही खबर नपाएपछि हिन्दू संस्कार बमोजिम कुशको शव बनाएर सुन्दरहरैंचा नगरपालिकास्थित लोहन्द्रा खोलामा सद्गत गरिएको आफन्त मनोज कार्कीले बताउनु भयो ।

अमस्ता हाइड्रोपावरमा कार्यरत सूर्यबहादुर कार्कीको घटना भएको २५ दिनसम्म पनि कहीकतैबाट खबर नआएपछि ०८३ असोज ४ गते सद्गत गरिएको पीडित परिवारले जनाएको छ ।

विनोद सुवेदी