नुवाकोट । २०८३ कात्तिक १६ गते
भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको बिदुर नगरपालिकाका प्रभावितहरुलाई ५० हजार रुपियाँ बराबरको खरिद भौचर वितरण गरिएको छ । विदुर नगरपालिकाको अनुमतिमा चुजी फाउन्डेसन, ताइवानको सहयोगमा भाटभटेनी सुपरमार्केटबाट मात्र सामान खरिद गर्न मिल्ने गरी ५० हजार रुपियाँ बराबरको भौचर वितरण भइरहेको छ । कार्यक्रमअन्तर्गत ०८३ कात्तिक १५ गते विदुर नगरपालिका–७ का बाढीपीडित लाभग्राहीलाई भौचर वितरण गरिएको र १६ गते विदुर नगरपालिका–१ र ३ का लाभग्राहीलाई भौचर वितरण गरिनेछ । विदुर नगरपालिका–१ का वडाध्यक्ष लेनिन रञ्जितका अनुसार नगरपालिकाका सबै वडाका बाढीपीडित लाभग्राहीलाई क्रमशः भौचर वितरण गरिनेछ । सम्बन्धित लाभग्राहीले तोकिएको स्थानमा आफ्नो परिचय खुल्ने आधिकारिक कागजातसहित उपस्थित भएर भौचर प्राप्त गर्न सक्नेछन्।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL