नुवाकोट । २०८३ भदौ २६ गते
भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण विस्थापित भएका परिवार बस्दै आएको नुवाकोटको बिदुर नगरपालिका–१० बेत्रावति होल्डिङ सेल्टरमा ०८३ भदौ २५ बत्ती बलेको छ । बाढीपछि अन्धकारमा बस्न बाध्य भएका बेत्रावती क्षेत्रका विस्थापितहरूका लागि कर्मयोग फाउन्डेसनले उपलब्ध गराएको जेनेरेटर तथा नवीन पाण्डेले उपलब्ध गराएको विद्युतसम्बन्धी सामग्रीसहित अन्य सहयोगीहरूको सहभागितामा सेन्टरमा विद्युत् सेवा सञ्चालन गरिएको हो । हाल सावाराडाँडा बेत्रावति होल्डिङ सेल्टरमा ५१ घरपरिवार टेन्टमा बस्दै आएका छन् । विद्युत् सेवा सञ्चालन भएपछि विस्थापित परिवारलाई मोबाइल चार्ज गर्न, बत्ती बाल्न तथा रातको समयमा आवतजावत गर्न सहज भएको छ । लामो समयदेखि अन्धकारमा बस्दै आएका विस्थापित परिवारका लागि सेल्टरमा बत्ती बल्नुले दैनिक जीवनमा केही सहजता थपिएको छ ।

केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL