बर्दिया । २०८३ कात्तिक १० गते
भोटेकोशीको बाढीमा परी भदौ १० गतेदेखि सम्पर्कविहीन भएका गेरुवा गाउँपालिका-२ भैरमपुरका ३१ वर्षीय पञ्चराम चौधरीको परिवारले कुशको शव बनाएर ०८३ कार्तिक १० गते दाहसंस्कार गरेका छन्।
कामको सिलसिलामा रसुवा गएका चौधरी बाढीपछि सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका चौधरीको लामो समयसम्म जानकारी प्राप्त नहुँदा परिवारले कुशको शव बनाएर धार्मिक विधिअनुसार दाहसंस्कार गरेका हुन्।
चौधरीको परिवारले खोजी तथा पहिचानका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि चौधरीको अवस्थाबारे एकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले दाहसंस्कार गरेको पत्नी कौशिल्या चौधरीले बताउनु भयो ।
भोटेकोशी बाढीपछि बर्दियाबाट कामका लागि रसुवा र नुवाकोट पुगेका ७६ व्यक्ति सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीनको खोजी तथा पहिचानका लागि स्थानीय प्रशासनले आफन्तबाट डीएनए नमुना संकलन समेत गरेको छ ।
प्रकाश पौडेल
HUMAN RIGHTS NEWS PORTAL