काठमाडौँ । २०८३ असोज १४ गते
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी असोज १४ गते बिहान ८ बजेसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।
बाढीपछि ४ हजार ७ सय १८ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६६ गरी ३ हजार ३ सय ९६ डिएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ भने पहिचान नभएका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा १ हजार २ सय ३४ जनालाई राखिएको प्रहरीले जनाएको छ।
अनलाइनडेस्क
HUMAN RIGHTS NEWS PORTAL