नुवाकोट । २०८३ असोज २९ गते
भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण नुवाकोटका ७ सय ४८ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालमा निवेदन परेको छ । बेपत्ता हुनेमा ४ सय ६९ जना पुरुष, २ सय ६ जना महिला, ५४ जना बालक र १९ जना बालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाढीपछि नुवाकोटमा हालसम्म २ सय ५ ओटा शव फेला परेका छन् । फेला परेका शवमध्ये १ सय ८० ओटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । जसमध्ये २० ओटा शवको सनाखत भएको र १६ ओटा शवबाट डीएनए नमुना सङ्कलन गरी व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिनुभयो ।
नुवाकोटमा फेला परेका शवमध्ये नुवाकोटबाट १९ ओटा शवको सनाखत भएकोमा १८ ओटा शव आफन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL