धादिङ । २०८३ असोज ६ गते
भोटेकोशी बाढीमा बेपत्ता भएको २५ दिनसम्म शव नभेटिएपछि थाक्रे गाउँपालिका–१ का बाबु–छोराको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
रसुवाको टिमुरे भन्सार क्षेत्रबाट ०८३ भदौ १० गते ना ६ ख ४७४८ नम्बरको डब्बा गाडीसहित सम्पर्कविहीन भएका ५२ वर्षीय विष्णुबहादुर थापा र उहाँका २५ वर्षीय छोरा सुदिप थापाको अवस्था हालसम्म अज्ञात छ । घटनापछि परिवार र सुरक्षाकर्मीले निरन्तर खोजी गरे पनि उहाँहरूबारे अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसके पछि प्रभावित परिवारले धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर असोज ४ गते थाक्रे–१ स्थित सत्तिखोला दोभानको अस्थायी घाट सतिरुम्टा (सतिढाड) मा अन्त्येष्टि गरेका छन् ।

सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL