रसुवा । २०८३ असोज १८ गते
रसुवाको भोटेकोसी नदीमा ०८३ भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका मौलापुर नगरपालिका–७ सगैयाका सैनिक जवान २२ वर्षीय अभिषेक गुप्ताको कुशको शव बनाई हिन्दु परम्परा अनुसार असोज १७ गते अन्त्येष्टि गरिएको छ ।
श्री शेर गण रसुवामा कार्यरत जवान गुप्ताको लामो समयसम्म पनि खोजी गर्दा नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्तिम सस्कार गरेका हुन् ।
गौरी न्यौपाने
HUMAN RIGHTS NEWS PORTAL