मकवानपुर । २०८३ असोज १२ गते

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेका ४८ वर्षीय हिरा स्याङ्ताङको रसुवा बाढीमा बेपत्ता भएको ४१ दिनपछि परिवारले बौद्ध धर्मअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका छन्।

स्याङ्ताङ भदौ १० गते रसुवामा आएको बाढीमा परेर बेपत्ता भएका थिए। उनी डिब्बा गाडी चालकका रूपमा काम गर्दै आएका थिए। गाडी लिएर रसुवा पुगेका उनी भन्सार क्षेत्रमा बसिरहेका बेला बाढीमा परेर बेपत्ता भएको हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले जानकारी दिए।

बेपत्ता स्याङ्ताङको खोजी कार्य रोकिएपछि परिवारले उनलाई मृत घोषणा गर्दै बौद्ध धर्मअनुसार काजकिरियाको प्रक्रिया अघि बढाएको हो।

मञ्जिता मैनाली