अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

पालिका डायरी डटकम । २०७९ मङ्सिर २१ गते

हेटौंडा / अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । इन्सेक नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । बुधबार १९ नम्बर वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा महिला माथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरुबीच अन्तरक्रिया गरिएको हो । हेटौंडा १९ का विभिन्न स्थानबाट कार्यक्रममा सहभागिता जनाउन आएका महिलाहरुले यस्ता कार्यक्रमहरु वडा कार्यालयहरुमा भन्दा पनि गाउँ केन्द्रीत भएर महिलाहरु सँगै पुरुषलाई पनि राखेर गरिदिए महिला हिंसा अन्त्य हुन सहयोग पुग्ने बताए । केहि महिलालाई मात्रै नभई गाउँघरका पीडित महिलाहरुको लागि संघ, संस्थाहरुले आवाज उठाउनुपर्ने दबाव समेत दिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिका १९ वडा नम्बरका कार्यबाहक वडाध्यक्ष रमा गोलेको सभाध्यक्षतामा भएको थियो भने, उपमहानगरपालिकाका समाज कल्याण महाशाखा प्रमुख भैरव बहादुर कुमालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

साथै कार्यक्रममा वडा सदस्य रिता बिक, वडा राजेन्द्र पोखरेल, मेलमिलाप संयोजक कृष्ण प्रसाद पौडेल, इलाका प्रहरी कार्यालयका प्रमुख सहायक निरिक्षक नसिम अन्सारी, इन्सेक सहजकर्ता सलिना गौतम लगाएतको उपस्थिती रहेको थियो । पत्रकार शिव कुमार रिजाल काशीले कार्यक्रमको सहजीकरण गरेका हुने भने इन्सेक मकवानपुरका कार्यक्रम संयोजक कृष्ण नेपालले कार्यक्रक संयोजन गरेका थिए ।

Source: https://www.palikadiary.com/2022/12/8660/