अमोर बाल गृहमा तालिम

समाधान न्यूज डटकम । २०८० साउन २२ गते

स्याङ्जा । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र अमोर सेवा नेपाल फेदिखोला स्याङ्जाको आयोजनामा ‘अमोर बाल गृह’का बालबालिकालाई शनिबार बालअधिकार सम्बन्धी तालिम दिएको छ । एक दिने बालअधिकार सम्बन्धी तालिममा बालअधिकार, ऐतिहासिक विकासक्रम, संविधानमा बालअधिकार, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतका विषयमा तालिम प्रदान गरिएको हो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र फोकल पर्सन सबनम शर्माले बालबालिकालाई बालअधिकारका विषयमा सहजीकरण दिएका हुन् । विगत ८ वर्ष देखि सञ्चालित अमोर बाल गृहमा ११ जना बालिका र १९ जना बालकहरु गरी ३० जना बालबालिका छन् । तालिममा संयोजक खकुरेलले बालबालिकालाई उनिहरुको अधिकार र कर्तव्यको बारेमा सचेत र सुसुचित गर्न सकेमा समाजको सुयोग्य नागरिक तयार हुने बताए । तालिममा फेदिखोला १ का वडाध्यक्ष अमृत क्षेत्रीले बालअधिकार असाध्यै महत्वपुर्ण बिषय रहेकोले बालबालिकाको लागी आफ्नो वडाले विभिन्न कार्यक्रमहरु समावेश गरेको बताए । उनले आगमी दिनमा पनि बालअधिकार सम्बन्धी कार्यक्रमहरु इन्सेकसँग सहकार्य गरेर सञ्चालन गर्ने सुनाए ।

Source: https://www.samadhannews.com/2023/08/07/73562/