अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न, जिल्लामा घरेलु हिंसाका घटना बढी

एभरेष्ट अपडेट डटकम । २०८१ असार ८ गते

सोलुखुम्बु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा शनिबार “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १ देखि जुन १ सम्म जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि समीक्षा गरिएको हो ।

गत पौष १५ गते देखि ज्येष्ठ अन्तिम सम्म २५ वटा घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२४ को प्रथम ५ महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिएको छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अञ्जु कार्कीले सबै भन्दा बढी घरेलु हिंसा बढी हुने प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।

इन्सेकको तथ्याङ्क अनुसार महिला विरुद्व हुने भेदभाव, दुव्र्यवहार, बलात्कार, बलात्कारको प्रयास र यौनदुव्र्यवहारका घटना ३ वटा, हत्या तथा कुटपिटका घटना ५ वटा, हत्या २ वटा, नवजात शिशुको हत्या २, कुटपिटका घटना २ वटा घरेलु हिंसाका १७ वटा घटना घटेको छ । गत वर्ष सोही अवधिमा ३५ वटा घटना अभिलेखीकरण अभिलेखीकरण गरिएको थियो । समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघका सह सचिव अमृत राई, नेपाल मानव अधिकार संगठन सोलुखुम्बुका प्रतिनिधी केशब ढुगंना लगायत सञ्चारकर्मी उपस्थिति रहेको थियो ।

Source: https://everestupdate.com/