आज विश्व बेपत्ता दिवस: बेपत्ताका परिवार भन्छन्- ‘की सास देऊ की त लाश देऊ’

प्रकाशित मिति : Aug 30, 2019
  • घनश्याम मिश्र

भाद्र १३ जनकपुरधाम । आज विश्व बेपत्ता दिवस । दिवसकाे अवसरमा विभिन्न समयमा राज्य पक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा बेपत्ता बनाइएका परिवारहरु आज धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल मार्फत प्रधानमंत्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएका छन् ।

धनुषामा मानवाधिकारको क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरु एडवोकेसी फोरम, थर्ड अलाइंस, इन्सेक र ओरेक नेपालको संयुक्त पहलमा सुक्रवार (आज) बेपत्ता परिवारहरु आफ्नो बेपत्ता पारिएका परिजनलाई राज्यले कि त सांस वा लाश दिनु पर्ने भन्दै आज ज्ञापन बुझाएका छन् ।

नेपालमा सरकार र तत्कालीन विद्रोही माओबादी को २०५२ साल देखि २०६३ सम्म ससस्त्र द्वन्दको बेला १७ हजार नेपालीले ज्यान गुमाएको तत्कालीन शान्ति तथा पूननिर्माण मंत्रालयको तथ्यांकलाई उधृत गर्दै ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यसमा हजारौं व्यक्तिहरु अझै बेपत्ता पारिएको समेत स्पस्ट उल्लेख गरीयको छ । प्रदेश २ को जिल्लाहरु मध्ये सप्तरीमा २८ जना, सिरहामा ३७ जना, धनुषामा ११ जना (हाल ६ जना) , महोत्तरीमा ११ जना, सर्लाहीमा १७ जना, रौतहटमा २० जना, वारामा १२ जना र पर्सामा २३ जना व्यक्तिहरु तथ्यांकमा उलेख गरीयको ज्ञापन पत्रमा लेखिएको छ ।

शसस्त्र द्वन्दको बेला महिलाले भोगनु परेको यौनिक हिंसा, बलात्कार, र यातनाका घटनाहरु अझै पनि तथ्यांक आउन नसकेको समेत ज्ञापनमा उल्लेख गरीएको छ । बुझाईएको ज्ञापनमा राज्यले जबसम्म द्वन्द पीड़ितको आवाज सुन्दैन, दिर्घकालीन चाहनालाई सम्बोधन गर्दैन तव सम्म मुलुकमा दिगो शान्ति स्थापनामा चुनौती हुने लगायतका १० बुँदा समाबेश गरिएको छ ।

ज्ञापनमा सम्पूर्ण द्वन्द पीडितका तर्फबाट अन्जु दत्त, उमा दत्त, राम औतार साह, बौएराम यादव, नरेश लाभ र रामानन्द यादवको हस्ताक्षर रहेको छ ।

 

source : https://www.news24nepal.tv/2019/08/30/561806?fbclid=IwAR1l-pYA-jAZahITNYOy7FIpsVYgGsXzEqVOR8NQGk7MT0BN2j8ES0olK4c#.XWjyGIG7Sk8.facebook