आर्थिक सँगै राजनीतिमा पनि महिलालाई सशक्त हुन गाउँपालिका अध्यक्ष थारुको आग्रह
रेडियो भुवर भवानी डटकम । २०७८ फागुन २४ गते
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले महिलाहरु राजनीतिमा पनि सशक्त भएर भएर आउन आग्रह गर्नुभएको छ । स् ११२ औं आन्तराष्ट्रिय महिला दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले थानिय पालिकामा प्रमुख तथा उपप्रमुखमा पुरुषको मात्र उम्मेद्वारीलाई नस्वीकार्ने ब्यवस्था भएको तर दुबै पदमा महिलाको उम्मेद्वारीलाई नकार्न नसक्ने अवस्थालाई मध्यनजर गरेर महिलाहरु अझ सशक्त हुन आग्रह गर्नुभयो ।
पछिल्लो समयमा भने महिलाहरु आर्थिक रुपमा सक्षम हुँदैगएको बताउनुभयो । स्थानिय पालिकामा आएका महिला सशक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रमले पनि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाएको उहाँले दावी गर्नुभयो । पहिले चुलो चौकोमा सिमित गाउँघरका महिलाहरु पनि अहिले कुनै न कुनै उद्यम गरिरहेकाछन् । उहाँले भन्नु भयो,– ‘आफ्ना वालवालिकालाई विद्यालय पु¥र्याउन जाँदा सँधै खाजा खर्च महिलाहरुले आफै दिने गरेको देखिन्छ त्यो पनि उनीहरुको आफ्नै मेहनतबाट कमाएको पैसा हो ।’ यति मात्र नभएर घरधन्दा सकेर खेतबारीमा तरकारी खेतीकालागि महिला नै बढी खटिने गरेको र त्यसबाट पनि आयआर्जन गरिरहेको उहाँको भनाई थियो । महिलाहरु जतिसुकै पश्रिम गरेपनि उनीहरुको श्रमको मुल्यांकन भने हुन नसकेको बताउनुभयो । गाउँपालिका मार्फत महिलाहरुको मागअनुसार बुटिक, गुडिया बनाउने तालिम, सिलाईकटाईलगायत विभिन्न शिपमुलक तथा आयआर्जनका तालिम दिनुका साथै वडाबाट पनि महिलाकालागि थुप्रै कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले आफ्नो पाँच बर्षे कार्यकाल सकिने समय सम्म महिलाहरु धेरै सशक्त भईसकेको दावी गर्नुभयो । स्थानिय सरकार आएपछि महिलासँग सम्बन्धित विभिन्न कार्यक्रममा महिला सहभागितालाई विशिेष जोड दिईएको उहाँको भनाई थियो । पहिले कार्यक्रममा महिला सहभागिताकालागि धेरै मेहनत गरेर जागरुक गरायौं, उहाँले भन्नुभयो –‘पछिल्लो समय महिलाहरु आफैले वडामा कार्यक्रम गर्नसक्छौं भन्ने अवस्थामा पुग्नुभएको छ यो पनि महिला सशक्तिकरण र परिवर्तन हो ।’ त्यसैको फलस्वरुप आफ्नो कार्यकालको अन्तिम बर्षमा महिला दिवस मनाईरहँदा अधिकांस वडामा छाुट्छुट्टै रुपमा महिलाहरुले भब्य कार्यक्रम आयोजना गरेको उहाँको दावी थियो ।
ईन्सेक मानव अधिकार समुह राप्तीसोनारीको सहयोग तथा समन्वयमा राप्तीसोनारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रय प्रतिनीधि संगिता थारु, राप्तीसोनारी ९ का वडा अध्यक्ष महाबीर ओली, कार्यपालिका सदस्यद्वय मिना विष्ट र तारा विक, जेष्ठ नागरिक, महिला तथा वालवालिका शाखा राप्तीसोनारीका प्रमुख सम्झना दलामी, नेपाली काँग्रेस राप्तीसोनारी सभापति भिम राना, नेकपा एमाले राप्ती सोनारी सचिव सुधा चौधरी, ईन्सेक लम्बिनी प्रदेश फोकल पर्सन सरस्वती मल्ल, मानवअधिकार समुह राप्तीसोनारीका अध्यक्ष धनी ओलीलगायतले कार्यक्रममा आफ्नो भनाई राख्दै संविधानमा ब्यवस्था गरिएका महिला अधिकार पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।
गाउँपालिका उपध्यक्ष धनी कुमारी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नरभक्षी पाटे बाघसँग लडेर ज्यान जोगाउन सफल राप्तीसोनारी ४ नयाँबस्तीकी दूर्गा थारुलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै औपचारिक कार्यक्रम पस्चात सहभागी सबै महिलालाई अधिवक्ता पुनम श्रेष्ठले महिला सशक्तिकरण, महिलाको अर्थपूर्ण सहभागिता तथा राजनीतिमा पहुँच र कानुनमा महिला अधिकारको ब्यवस्थालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै कार्यक्रममा मनोरन्जनकालागि घैटा फोर खेल खेलाईनुका साथै विभिन्न साँस्कृतीक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा औपचारिक कार्यक्रम गर्नुअघि गाउँपालिकाको प्राङगणबाट महिला हिंसा अन्त्य गरौं, समान कामको समान ज्याला सुनिश्चित गरौं, बलत्कारीलाई समाजबाट बहिस्कार गरौंलगायतका विभिन्न नारा अंकित प्लेकार्ड सहित महिलाहरुको ¥याली अगैया बजार परिक्रमा गरेर पुनः गाउँपालिकाको हलमा पुगेर शभामा परिणत भएको थियो ।