भनेजति दाइजो नल्याएको आरोपमा एक जना महिलाको हत्या भयो भने सोही कारणले २५ जना महिला हिंसामा परेका अभिलेख भएको पनि इन्सेकले जनाएको छ । वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी बलात्कारका घटनामा एक हजार नौं जना, यौन दुर्व्यवहारका घटनामा तीन सय २६, बेचबिखन तथा ओसारपसारका घटनामा ३९ जना र बाल विवाहका घटनामा ३० जना बालिका पीडित भएका अभिलेख राखिएको इन्सेकले जनाएको छ । ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च र आसपासका दिनहरूमा मनाइँदै छ । महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका छन् । ’महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन ।’–प्रतिवेदनमा भनिएको छ ।
इन्सेकको प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित
लोकपथ डटकम । पोखरा । २०७९ फागुन २४ गते