इन्सेकको वर्ष पुस्तक २०२१ सार्वजनिक : ५,५४३ नागरिक पीडित
लुम्बिनीमा १,३८२ जना पीडित, देशभर २३ कैदीबन्दी कारगारमा समस्यै समस्या, सुधारमा राज्य उदासीन
२०७७ फाल्गुन ८, शनिबार ०९:००
नेपालगन्ज : अनौपचारिक सेवा केन्द्र(इन्सेकले) सन् २०२० मा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेको छ । देशभरमा मा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो । इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ पनि सार्वजनिक गरेको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेशमा सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत बताउँछन । जसमा गिरफ्तारी घटनामा ९१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ८ सय ८४ जना , हत्याका घटना अन्य पक्षबाट ४१ जना र बाल अधिकार उल्लङ्नका घटनामा २ सय ८० जना पीडित भएका छन् ।
जस मध्ये २ सय ५८ जना बालिका बलात्कार तथा यौन दुव्र्यवहारबाट र १ सय ५७ जना महिला बलात्कार र बलात्कार प्रयासबाट पीडित भएको तथ्याङ्क वर्ष पुस्तकमा छ । नेपालगन्जमा भएको कार्यक्रममा बाँके जिल्ला अदालत न्यायाधीश मनकुमारी जिएम विक, राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्कर बहादुर रावल, बाँकेका सहायक सिडिओ दिर्घराज उपाध्याय, नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतको सहभागिता थियो । सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई ७ हजार नगद, ट्रफी, सम्मान पत्र प्रदान गरिएको इन्सेक प्रदेश संयोजक महत बताउँछन ।
देशभर सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएका छन । घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना घटना एका छन् । देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी रहेको देखिएको छ । प्रदेशको मानव अधिकारको अवस्था र तथ्याङ्कका साथै प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड १९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार , गिरफ्तारी , कारागारको अवस्था र नवलपरासी र कपिलवस्तुका उखु किसानका समस्याका बारे इन्सेक लुम्बिनी प्रदेश संयोजक महतले प्रस्तुत गरेका छन ।
Source: https://esetokhari.com/?p=3312