इन्सेकको समन्वयमा राहत वितरण
गाँउपालिकाको नाकाबस्ती गुर्दन गौरी, महेशपुर, चुनभट्ठी, बासखोली, मासमानी ,खयरभट्ठी टोलका १ सय २६ घरधुरीलाई उक्त राहत वितरण गरिएको इन्सेक प्रदेश कार्यालय नेपालगन्जका प्रदेश प्रमुख भोला महतले बताए ।
उक्त राहत वितरणमा बाँकेस्थित विभिन्न ६ वटा संस्थाले सहयोग र समन्वय गरेका थिए । भारतको सिमा क्षेत्र रहेका ती बस्तीहरुमा १ सय २६ घरधुरी रहेका छन । उनिहरु ज्याला मजदुरी गरी आफ्नो जिवीकोपार्जन गर्ने गरेको महत बताउँछन् ।
बनकसको डोरी बेच्ने, बाख्रा पालन गर्ने उनिहरुको पेशा रहेको छ । भारत आवतजावतमा रोक लगाएपछि उनिहरुलाई छाक टार्न समस्या छ । विषेश गरि थारु, विक, पुनमगर, दर्जी, बुढाथोकी जातका मानिसहरुको बसोबास रहेको उक्त क्षेत्रका नागरिकहरु अतिनै गरिब, विपन्न छन ।
अहिले देशमा लकडाउनका कारण उनिहरुले गर्दै आईरहेको पेशा पनि संकटमा छ । इन्सेकको समन्वयमा विभिन्न संस्थाहरुको सहयोगमा.७६ हजार दुई सय बराबरकोे राहात खाद्यन्न सामाग्री उपलब्ध गराइएको महत बताउँछन् ।
अति विपन्न समूदायलाई १५ क्वीन्टल चामल, १ सय २६ केजी नुन र १ सय २६ पोका खाने तेल वितरण गरिएको छ ।