इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेल सम्मानित
समाधान न्यूज डटकम । २०८१ पुस ३ गते
पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।
आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम)को समन्वयमा गरिएको कार्यक्रममा बुधबार खकुरेललाई सम्मान गरिएको हो ।
मानव अधिकारको संरक्षण र प्रवद्र्धधनमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उनलाई प्रमाणपत्र र फूलमालासहित सम्मानित गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले खकुरेललाई प्रमाणपत्र र फुलमालाले सम्मान गरे ।
‘मानव जिवनकै अत्यन्त गहन विषय मानव अधिकार जस्तो महत्वपूर्ण क्षेत्रमा ३० वर्ष बेतित गरिसक्नुभएको जानकारी पाउँदा हामीलाई खुसी लागेको छ । यस क्षेत्रमा यहाँले खेल्नुभएको भूमिकाले समुदाय सकारात्मक दिशातर्फ अगाडि बढेको कुराको पनि हामी मुक्तकण्ठले प्रशंसा गदर्छौं,’ सम्मान गरिएको कदर पत्रमा उल्लेख छ ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ११ जन्मेका खकुरेल विगत १६ वर्षदेखि गण्डकी प्रदेशमा रहेर मानव अधिकारको रक्षका लागि काम गरिरहेका छन् । खकुरेलले प्रदेशको मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै आफूहरु अनुकरणीय भएको कदर पत्रमा लेखिएको छ ।