ईन्सेक सुदूरपश्चिम अन्र्तगत लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक सम्पन्न
इखबररफ्तार डटकम । २०७९ फागुन १८ गते
फागुन १८ कंचनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहको बैठक बिहिबार शंकरपुरमा सम्पन्न भएको छ । लालझाडी गाउँपालिका स्तरीय मानव अधिकार समुहका संयोजक सोमनाथ रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानबअधिकार समुहका पदाधिकारी, सदस्य तथा इन्सेककर्मी लगाएत १३ जानको सहभागीता रहेको थियो । बैठकमा लालझाडी गाउँपालिका स्तरीय मानब अधिकार समुहलाई नगरपालिकामा बिधिवत रुपमा दर्ता गराउनका लागी तयार पारिएको मानब अधिकार समुहको बिधान २०७९ माथी छलफल गरि बिधान संसोधन सहित पारित गरीएको छ । मानबअधिकार समुहलाई गाउँपालिकामा दर्ता गर्नका लागी समुहका संयोजक सोमनाथ राना, सचिब धुर्बराज राना र सदस्य राजमती रानालाई जिम्मेवारी तोक्ने निर्णय बैठकले गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा लालझाडी गाउँपालीकामा संञ्चालीत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत गठीत मानब अधिकार समुहलाई इन्सेकको परियोजना सकिए पश्चात पनि समुहलाई जिवन्त राख्ने उदेश्यकासाथ मानब अधिकार समुहलाई बिधिवत रुपमा दर्ता गर्न लागीएको इन्सेक कर्मी कैलाश पनेरुले बताउनु भयो । लालझाडी गाउँपालीकाले हाल सम्म पनि स्थानीय संघ संस्था दर्ता तथा नियमन ऐन निर्माण नगरेका कारण स्थानीय स्तरमा दर्ता भएर काम गर्न चाहने संघ संस्थाहरु दर्ताहुन नसकेकोले स्थानीय संघ संस्था दर्ता तथा नियमन ऐन यथा शिग्र निर्माण गरि लागु गर्न नगरपालीकालाई आग्रह गर्ने निर्णय गरिएको उनले जानकारी गराएका छन । साथै बैठकले मानब अधिकार समुहका उपाध्यक्ष भानुमती रानाले सरकारी सेवा प्रबेश गरेकाले समुहमा बसेर काम गर्न नसक्ने जानकारी दिनु भएकोले उपाध्यक्षमा डम्बरी महतालाई र सचिबमा सदस्य धुर्बराज रानालाई मनोनयन गर्ने निर्णण समेत गरेको उनले जानकारी गराए ।