उपचार नपाएर नागरिक मर्दैछन्, सरकार सचेत छैन: मानव अधिकारकर्मी

 खुलामञ्च संवाददाता  २०७७ भदौ ३० गते मंगलबार |  ०८ : ४९ बजे
twitter sharing button
whatsapp sharing buttonsharethis sharing button

काठमाडौं : कोरोना संक्रमणको महामारीमा नागरिकका आधारभूत अधिकार हनन् भएको मानवधकिारकर्मीले बताएका छन् । जस्तो सुकै अवस्थामा पनि नागरिकले खाद्य र स्वास्थ्यमा आफ्नो अधिकार प्राप्त गर्न सक्छन् । तर कोरोना संक्रमाण रोक्नका लागि लगाइएको लकडाउनमा नागरिकले खान पाएका छैनन् । स्वस्थ्य उपचार नपाएर मरिरहेका छन् । यो विषयमा सरकार गम्भीर नभएको आरोप  अधिकारकर्मीले लगाएका हुन  । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले ‘पाँच – छ महिना काम नपाएका मजदुर वर्ग सडकमा वसेर खानका लागि भीख मागिरहदा सरकार मुकदर्शक बन्नु लज्जाको विषय भएको’, बताएका छन् । ‘काठमार्डौं उपत्यका भित्रका स्थानीय सरकारको लाचार पनका कारण मजदुर वर्गले एक छाक खानका लागि सडक कुर्नु परेको’, गौतमले बताएका छन् । 

‘यो बेला काठमाडौं उपत्यका बाहिरका स्थानीय सरकारले आपतमा परेका नागरिकलाई राम्रो ख्याल गरे पनि मुलुकको राजधानी भित्र रहेका ठूलो संख्याका दैनिक ज्यालादारी गरेर बाच्ने  मजदुरका बारेमा संघीय सरकार र उपत्यकाको स्थानीय सरकार बेपरवाह बनेको गौतमले दावी गरेका छन् ।’

‘खान र उपचार नपाएर नागरिक मर्दैछन्  सरकार किन सचेत बनिरहेको छैन , यो चित्ताको विषय हो,’ गौतमले भने ।

खुलामञ्चडटकमसंग कुरा गर्दै उनले भने -‘ विरामीहरुलाई नीजि अस्पतालले भर्ना नलिएका कारण मानिसहरुको ज्यान गएको खबर आयरहेका छन् । उपचारको अभावका कारण नागरिककले ज्यान गुमाउनु पर्ने ,अवस्था आउनु मानव अधिकारका लागि गम्भीर विषय हो । यसमा सरकारले सायमै चासो दिएन भने सरकार नै अफ्ठयारोमा पर्ने,’ चेतावनी गौतमले दिएका छन् । 

‘यस्ता खालका संक्रमणका बेलमा मानवअधिकार उलंघनका घटनाहरु बढी हुन सक्ने भएका कारण सरकार र आम नागरिक सचेत हुनु पर्नेमा,’ गौतमले आग्रह गरेका छन् । लकडाउन सुरु भए यता ११ सय बढी प्रत्यक्ष मानव अधिकार उलंघनका घटना भएको बताउँदै गौतमले भने- ‘कति घटनाहरु सार्वजनिक भएका  छैनन् । समय परिस्थितिले सबै घटना बाहिर आउन सक्ने अवसथा नभएका कारण मानव अधिकार उलंघन व्यापक भएको हुनुपर्छ ।’ 

‘यस्तो बेलामा घरेलू हिंसा बढी हुने भएका कारण महिला र बालवालिका मारमा  परेका छन्, यसमा सरकारले ध्यान दिनु जरुरी छ । अहिले ५ सय को हाराहारीमा महिला अधिकार उलंघनका घटना सार्वजनिक भएका छन् । यो संख्या निकै ठूलो हुन सक्छ’, गौतमले भने । 
उनले ‘ बेरोजगारी ,आर्थिक समस्या र लामो समयको तनावका कारण कोरोना संक्रमणको अत्य पछि मानव अधिकार उलंघनका घटनाहरु बढ्न सक्ने भएकाले सरकारलाई समयमै सचेत हुन’, आग्रह समेत  गरेका छन् । 

 

https://khulamancha.com/tbl_post/news/3379?fbclid=IwAR2duRk57HIrwqmq-k7WQ9MBy_uVenT_5vfRt9elK1Jaq-eSOsh4bnkZNPI