करेन्ट लगाएर हत्या प्रयास घटनाका युवतीको स्वास्थ्य अवस्थाबारे मानवअधिकारकर्मीहरुको टोलीद्धारा अनुगमन
के एन खबर डटकम । २०७९ असार ३२ गते
धनुषा,०७९ असार ३२ गते । सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीको जेठ १४ गते करेन्ट लगाएर हत्या प्रयास घटनाका पिडितको स्वास्थ्य अवस्थाबारे मानवअधिकारकर्मीहरुको टोलीले जानकारी लिएका छन् । इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका मानवअधिकृत मनमाया राणा मगर, महिला मानवअधिकार संजाल धनुषा अध्यक्ष अधिवत्ता रेखा झा, इन्सेक धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्र प्रसाद सिंह, जानकी महिला संजाल धनुषाका अध्यक्ष मालती देवी ठाकुर, महिला अधिकारकर्मी जमुना भुजेल र सुभद्रा आले,अधिकारकर्मी प्रदिप यादवलगायतको टोलीले उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
गम्भिर घाइते भई उपचाररत कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन असार ३१ गते प्रादेशिक अस्पताल जनकपुर पुगेका मानवअधिकारकर्मीहरुको टोलीले पीडितको उपचार र हेरचाहमा कुनै प्रकारको कमीकमजोरी नगर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष अंकुर साहलाई आग्रह गरेका छन् । पीडितको उपचारमा सलग्न चिकित्सक टिम र प्रशासनसंग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका अधिकारकर्मीहरुको टोलीले पिडित पूर्ण रुपमा निको नहुञ्जेलसम्म औषधी उपचारमा कुनै प्रकारको क्रुटि नगर्न आग्रह गरेका छन् ।उपचाररत विरामी पूर्ण रुपमा निको नहुदै अस्पतालबाट घर लैजान चिकित्सकहरुको टिमले राधिका कार्कीको आमा अम्बिका कार्कीलाई जानकारी गराएपछि पिडितको स्वास्थ्य अवस्थाबारे मानवअधिकारकर्मीहरुको टोलीले जानकारी लिदै तत्काल पूर्ण रुपमा स्वस्थ्य नहुञ्जेलसम्म अस्पतालमा उपचार गर्न अस्पताल प्रशासनसंग आग्रह गरेका हुन् उपचारको क्रममा यसअघि राधिकाको हातको औला र खुटटाको औला काटनुपर्ने बताएको भएपनि अहिल ९० प्रतिशत भागमा मासु पलाएको र घाउ निको भएकोले गर्दा कुनै पनि अंग काटनु नपर्ने डा. आश्विनी झाले बताउनुभयो ।
Source: https://knkhabar.com/news/9245?fbclid=IwAR1CuDixOxLG6RvGzwDpGeKYW7hfvvmA6v5q5-aTY0fwTh90-1vCVtAsSXg