![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
कैलाली खबर डटकम । २०८१ मङ्सिर २० गते
सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कान्तिराज्यलक्ष्मी माध्यामिक विद्यालयका विद्यार्थीहरूको भित्ते पत्रिका प्रकाशन गरेका छन् । विद्यालयमा गठन गरीएको बाल अधिकार चेतना समूहले बिहीबार ‘कान्ति भित्ते पत्रिका’ प्रकाशन गरेका हुन । विद्यालयमा पढ्ने बालबालिकाको लेखन शैली सुधार गर्ने उद्देश्यले लेख रचना सङ्कलन गरी भित्ते पत्रिका प्रकाशन गरिएको बाल अधिकार चेतना समूहले जनाएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले सिर्जना गरेका कविता, गजल, चुट्किला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गर्ने गरी हस्त लिखित भित्ते पत्रिका प्रकाशनमा ल्याइएको हो । प्रविधिको विकास र प्रयोग बढेसँगै विद्यार्थीको सृजनशीलतामा पनि शिथिलता आएका बेला भित्ते पत्रिकामार्फत सूचना,चेतनामूलक सन्देश तथा रचनाहरूलाई सार्वजनिक गर्ने गरी पहिलो अङ्क प्रकाशन गरिएको बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक प्रमोद कठरीयाले बताए ।
यसले गर्दा विद्यार्थीको शैक्षिक गुणस्तरमा सघाऊँ पुग्ने र विद्यार्थीको लेखन शैलीमा समेत परिवर्तन ल्याउने उनले बताएका छन् । आगामी दिनमा लेख,रचना,कविता ,कथा, गजल ,निबन्ध, जीवनी, कार्टुन, समसामयिक ज्ञान,अन्तरवार्ता, चित्र र रचना अनि विद्यालयका गतिविधि लगायत इतिहास, संस्कृति, खेलकुदका विषयहरू समेटेर भित्ते पत्रिकामा राखिने बताईएको छ ।
भित्ते पत्रिकाले यस विद्यालयमा अध्ययनरत तमाम बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा मिल्ने छ । इन्सेकको सहयोगमा गठन गरीएको बाल अधिकार चेतना समूहले विद्यालयमा सरसफाइ, वृक्षारोपण, जनचेतना मूलक सडक नाटक प्रदर्शन, हाजिर जबाफ प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता गर्दे आएको छ ।
Source: https://shorturl.at/naId6