कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
कैलाली खबर डटकम । २०८१ भदौ २६ गते
सुखड । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गठित मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष मान बहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकमा बिभित विषयमा छलफल भएको थियो । उक्त बैठकमा एक वर्षमा भए गरेका कार्यक्रमको बारेमा समीक्षा, आगामी दिनमा सञ्चालन गर्नु पर्ने कार्यक्रमहरू बारेमा छलफल गरी निर्णय गरिएको थियो ।
त्यसै गरी कात्तिक महिनामा समीक्षा पहिचान बैठक गर्ने निर्णय समेत समूहले गरेको छ । भाद्र ५ र ६ गते आएको बाढीले कैलारी गाउँपालिकाका विभिन्न वडामा क्षेती गरेको थियो । त्यो समयमा बाढी पीडितको उद्धार र राहत वितरणमा खटिएको विषयमा समेत बैठकमा छलफल भएको थियो ।
उक्त बैठकमा कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका उपाध्यक्ष गीता चौधरी,सचिव ज्ञानु चौधरी,सदस्य क्रमशः गीता देवी चौधरी,कुलराज चौधरी र नागेश्वरी चौधरीको सहभागिता रहेको थियो । बैठकको सहजीकरण इन्सेक कैलालीका सहजकर्ता वीरेन्द्र शाहले गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १८:१२
Source: https://shorturl.at/xEImO