कोभिड–१९ ले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा समस्या

 

भक्तपुर, १० मंसिर । सूर्यविनायक नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणमा समस्या आएको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयको आयोजना तथा सूर्यविनायक नगरस्तरीय मानवअधिकार समूहको समन्वयमा नगरपालिका कार्यालयमा आज आयोजन भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या तथा सरोकारवाला पहिचान र कार्य योजना निर्माण कार्यक्रममा भएको छलफलमा यस्ता समस्याको पहिचान गरिएको हो ।

कार्यक्रममा भएको छलफलमा शिक्षा तर्फको समस्या पहिचान गर्दै कोरोनाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरुको समग्र शैक्षिकस्तरमा बाधा पुगेको बताइएको छ । शिक्षाबाट बञ्चित हुनु परेको, अनलाइन कक्षा प्रभावकारी नभएको, नगरपालिकाले अनलाइन कक्षाकोबारेमका अनुगमन नगरेृको,निजी विद्यालयले मनोमानी शुल्क लिएकोे, सरकारी शिक्षकले घर मै बसीबसी तलब खाएको तर शिक्षाको बैकल्पिक पद्धतिको बारेमा चासो नलिएको जस्ता समस्या पहिचान भएको छ । शिक्षा क्षेत्रको यस्ता समस्याको समाधान गर्न नगरपालिकालाई आग्रह गर्नुपर्ने आवश्यकता कार्यक्रममा औल्याएको छ ।

त्यस्तै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा आएको समस्याको पनि पहिचान गरिएको छ । कोभिडका बेलामा नगरपालिकाले वडा वडामा रहेका स्वास्थ्य चौकीहरुलाई नियमितसञ्चालन गर्नमा कडाई गर्न नसक्दा बन्द भइरहने स्वास्थ्य संस्थाकाकारण सामान्य ज्वरो, रुद्दाखोकी आउँदा पनि निजी क्लिसनक तथा औषधि पसलमा गएर सरकारले निःशुल्क भनिएका औषधि पनि किन्नु पर्ने, स्वास्थ्य चौकीहरुले आफ्ना वडाका बासिन्दालाई कोरोनाबारे स्वास्थ्य जनचेतना फैलाउने भन्दा पनि स्वास्थ्य संस्था मै नआउन आव्हान गर्दा विरामी मर्कामा परेको, सूर्यविनायकका भौगाेिलिक अबस्था सबैतिर सजह नहुदाँ स्वास्थ्यमा सबैको पहुँच नपुगेको, सडक पुगेका बस्तीबाहेक ग्रामिण र विकट क्षेत्रमा नगरपालिकाले चासो नदिएको, कोरोना प्रभावित क्षेत्रको पहिचान गर्न र समस्या समाधानमा गम्भिरभएर चासो दिन नसकेको जस्ता समस्याहरु पहिचान गरिएको छ । यस्ता समस्याको समाधानमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुपर्ने छलफलमा निर्णय भएको छ ।

त्यस्तै खाद्य अधिकार सम्बन्धी छलफलमा कोरोनाले कृषि क्षेत्रलाई पनि प्रभावित पारेको, रासायनिक मल अभाव भएको, स्थानीयण् विउँविजन लोप हुदै गएको, नगरपालिकाल वितरण गरेको विऊ पर्याप्त नभएको, उत्पादित कृषि सामाग्रीको भण्डारण र बजारिकरणमा निकै समस्या रहेको, पशु चौपाय तथा व्यवसायिक कृषिमा प्रोत्साहन दिन नसकेको, कृषि ऋणको व्यबस्था नहुँदा कृषि विकासमा समस्या आएको, बजारमा गुणस्तरहिन खाद्य सामाग्रीको बिmत्री वितरण हुँदा पनि अनुगमन, कारबाही तथा लेवल नहुनुले स्वास्थ्य मै असर गर्ने गरेको, कृषि तथा पशु बिमाका कार्यक्रम सबैतिर विस्तार हुन नसक्नु, कृषिसेवा केन्द्र मै प्रम्खहरु नहुनु जस्ता समस्याहरु रहेको बताइएको थियो ।

आवास अधिकार सम्बन्धी समस्यामा कागजी व्यबस्था नमिल्दा अझै पनि भूकम्पबाट क्षति भएका घरहरु अझै पुर्ननिर्माण हुन नक्सा पासको मापदण्ड पुर्याउदा कतिपय अप्ठ्यारामा परेको भूकम्प पीडितको घर बन्न नसकेको, गुठी तथा मोहीका समस्याका कारण पुर्ननिर्माण हुन नसकेको जस्ता समस्या पहिचान गरी समसया समाधानका लागि स्थानीय सरकार समक्ष जानकारी गराउनु पर्ने बताइएको छ । मानव अधिकार् समूहको बैठक तथा छलफलबाट पहिचान भएको भएका शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकारमा भएको समस्यालाई नगरपालिका समक्ष समाधानका लागि पहल गर्न ज्ञापन पत्र बुझाउने मानव अधिकार समूहका संयोजक कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । सूर्यविनायक नगरस्तरीय मानव अधिकार समूहको सहभागिता रहेको कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता राजु मिजारले कार्यक्रमको उदेशय माथि जानकारी गराउनु भएको थियो ।

Source: https://radiohimalayan.com/archives/31894?fbclid=IwAR3rcLvrIpvDtrG8lef3ZXCtmlucBqUzGhu8zlu48nMMw7Xi9iO8FB4pKIM