![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
खबर २४ नेपाल । २०७८ असार २८ गते
असार २८, बाँके । मानव अधिकार तथा सामाजिक न्याय मंच नेपालले आफ्नो २१ औ स्थापना दिसवको अवसरमा अन्तरकृयात्मक कार्यक्रम गरेको छ। कोरोना भाइरस र मानव अधिकार उपभोगको अवस्थाका विषयमा सरोकारवालाहरु संग अन्तरकृया गरिएको हो । कोरोना कहरकै बिच प्रहरी, सवास्थ्यकर्मी, पत्रकार लगायत सबैलाई फ्रन्टलाईनरको रुपमा कोरोना खोप लगाईएको भएपनी सरकारले वकिलहरुको लागि खोपको कुनै ब्यवस्था नगरेको भन्दै अधिबक्ता बिस्वजित तिवारी ले बताउनुभयो । लकडाउनको समेत कडाइ साथ लागू नगरिदा कोरोनाको जोखिम झनै बढ्दै गएको प्रती उहाले दुखेसो गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै न्यायका लागि दोन्द्पिडित समाज बाँकेको अध्यक्ष चन्द्रकला उप्रेतिले कोरोनाका कारण सबैभन्दा बढी मजदुर बर्ग, महिला, बालबालिका हरुलाई समस्या सिर्जना गरेको बताउनुभयो। लकडाउनका कारण दैनिक कामहरु गर्न नपाउदा घरखर्च समेत चलाउन धौ धौ भएको बेलामा राज्यले पीडितहरुको लागि केही नगरेको भन्दै उहाले आक्रोश व्यक्तगर्नुभयो । सरकारले नागरिकको मानाब अधिकारको सवालहरु गाँस बास कपासको लागि समेत केही नगरेको ईन्सेकका भोला महतले बताउनुभयो ।
दैनिकजसो कोरोनाको संक्रमण दर बढदै जादा सरकारले कर असुलिका लागि मात्रै कार्य गरेको उहाले बताउनुभयो । कोरोनाको तेस्रो भेरियन्ट आईसकेको बेला स्वास्थका क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै भेरी अस्पताल नेपालगन्जका प्रमुख प्रकाश थापाले कोरोनाको कहरको सुरुवाती चरणमा सबैले लकडाउनको पालना गरेपनी पछिल्लो समय हेल्चक्राई बढ्दै गएकले फेरि जटिलता थपिन्छ कि भन्ने चिन्ताको विषय बनेको उहाले बताउनुभयो । अहिले भारतमा कोरोनाको तेस्रो भेरियन्ट सुरु भैइसकेकाले हामी सबैले सजक हुन आवश्यक रहेको बताउनुभयो । हाल नेपालमा त्यसको असर पर्नसक्ने भएकाले बालबालिका बृद्धबृद्धा, दीर्घरोगिहरुलाई असर गर्न सक्ने हुँदा आजैबाट नै आफुहरु तयारीमा जुटिसकेको उहाले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावलले मानव अधिकार नेपालको संविधानमा नै उल्लेख गरिएको बताउनुभयो । गाँस बास र कपास लगायतका नागरिकको अधिकार हननका विषयमा सरकारलाई आफुहरुले समेत घच्घचाई रहेको उहाले बताउनुभयो । कोभिडको खोप नै अन्तिम विकल्प रहेकाले सबै नागरिकका लागि सरकारले खोप ब्यवस्थापन गरिरहेको उहाको तर्क छ। फ्रन्ट्लाईन जो पनि हुनसक्ने भएकाले उनिहरुलाई पहिलो प्राथमिक्तामा राख्नुपर्नेमा उहाले जोड दिनुभयो । कोरोनाका बेला मानव अधिकार उपभोगका घटनाहर सोचेअनुरुप बजार अनुगमन र खाद्यान्न संग जोडिएको सवालहरुमा सरकार समेत निरही बनेको एलायन्सका अध्यक्ष प्रभात कुमार ठकुरीले बताउनुभयो। उहाले कोरोना खोप जतिसक्दो छिटो नागरिकका लागि ल्याउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसन, पत्रकार, सिबिन, ईन्सेक, मानव अधिकार संघठन, राष्ट्रिय मानव अधिकार आयोग उपोभोक्ता हित संरक्षण मन्च, फियान नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।