कोरोना कहरमा शैक्षिक क्षेत्र सुधारमा छलफल
नेपालगञ्ज न्यूज । २०७८ असार २ गते
निजि संस्थागत बिद्यालयहरुले मनपरि शूल्क लिएको र बैकल्पीक शिक्षण प्रणाली प्रभावकारी नभएको बिषयमा ब्यापक जनगुनासो आए पछि सम्बोधनको पहल थालिएको छ । बाँकेका अधिकारकर्मीले निजी शैक्षिक सस्थाले अनलाईन शिक्षाका नाममा मनपरी शुल्क उठाईरहेको भन्दै यसको नियन्त्रणको खाँचो औल्याए पछि नेपालगंज नगरपालिकाले यस्तो पहल थालेको हो । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगंजले आयोजना गरेको अर्चुअल सम्बाद कार्यक्रमका सहभागीहरुले बैकल्पीक शिक्षाको नाममा निजि शिक्षण सस्थाले बढी शुल्क लिएको भन्दै प्रभावकारी नियमनमा जोड दिएका थिए । निजि शैक्षिक संस्थाले अनलाईन कक्षाका नाममा बढी शुल्क असुलेको शिक्षाको स्तर खस्कीएको बिषयमा सरोकारवालाको ध्यानाकषएण गराए पछि कार्यक्रममा समस्या समाधान गर्न कार्यदल बनाउने सहमति जुटेको थियो ।
सो बमोजिम बिद्यालय शिक्षाको गुणस्तर र शुल्क सम्बन्धमा राय पेश गर्नका लागी नेपालगंज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष बुद्धि सागर सुवृदीको संयोजकत्वमा ५ सदस्यिय कार्यदल गठन गरिएको छ । कार्यदलमा वडा सदस्य कार्यपालिका सदस्य इन्दीरा शाही, अधिकारकर्मी रबिन्द्र कर्ण, प्याब्सन नगर अध्यक्ष बिकाश बज्राचार्य र नगर शिक्षा अधिकृत गोर्ख बहादुर थापा रहनु भएको छ ।
कार्यदलले मंगलवार नेपालगंज नगरपालिकामा निजि शैक्षिक सस्थाका प्रतिनिधि, अधिकारकर्मी लगायतका राय सकलन गर्ने उदेश्यले सरोकारवालासंग छलफल गरेको कार्यदल सदस्य अधिकारर्मी रबिन्द्र कर्णले जानकारी दिए ।
छलफलमा अधिकारकर्मीहरु इन्सेकका भोला महत, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता बसन्त गौतम, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष बिकाश आचार्यले निजि शैक्षिक सस्थाले अनलाईन शिक्षाका नाममा बढी शुल्क लिएको, अनलाइर्न शिक्षा प्रभावकारी नभएको, केही शिक्षण सस्थाले कम्युटर, यातायात, खेलकुद लगायतका अत्तिरिक्त क्रियाकलापको नाममा शुल्क असुल्ने गरेको गुनासो आएको भन्दै बैकल्पीक शिक्षण प्रणालीलाई प्रभावकारी र आम उपभोक्ताको पहुँचोग्य बनाउनु पर्नेमा जोड दिएका थिए । इन्सेकका भोला महतले अनलाईनको नाममा निजि शिक्षया सस्थाले बढी शुल्क लिईएको जनाउदै शिक्षालाई सबैको पहुचयोग्य र गुणस्तरिय बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कुसुम राना भाट, प्याप्सन नगर अध्यक्ष बिकाश बज्राचार्य, प्याप्सनकै भुपाल गिरि, हिसानका डा. अरबिन्द मिश्र, आदर्श स्कूल र सन् बिम मावीका पवन गौतम लगायतका निजि शैक्षिक सस्थाका प्रतिनिधिले कोरोना मारमा निजि बिद्यालय परेको र बिद्यालयको नियमित खर्च भैराखेकोले शुल्क उठाउन बाध्य भएको बताएका थिए । निजि शैक्षिक सस्थाका प्रतिनिधिले कोरोना कहरले निजि शैक्षिक सस्था मारमा परेको भन्दै आफ्नै नियमित खर्च धान्न पनि शूल्क लिनु पर्ने भन्दै महिनावारी शैक्षिक शुल्क र टिउसन शुल्क बाहेक अन्य शुल्क नलिएको दावी गरेका थिए । कसैले बढी शुल्क लिएको भए कानूनी कारवाही गर्नु पर्ने भन्दै उनीहरुले बिद्यालयले लिने शुल्कमा बिषयमा आ आफ्नो संगठनमा आन्तरिम छलफल कार्यदलसंग पुन छलफल गर्न उपयुक्त हुने बताएका छन् । शिक्षालाई गुणस्तर, सबै अभिभावकको पहुँचयोग्य र ब्यवस्थित ढंगबाट संचालन गर्न सुझाव दिने उदेश्यले गठिन कार्यदलले बिद्यालयको अनुगमन गरि तथ्य संकलन गरेर आवश्यक सिफारिस दिने बुद्धिसागर सुवेदीले जानकारी दिए ।
Source: कोरोना कहरमा शैक्षिक क्षेत्र सुधारमा छलफल – Nepalgunj News