क्वारेन्टाइन सुधार र महिला हिंसा न्युनिकरणको माग गर्दै मानवअधिकारकर्मीले जनकचोकमा गरे प्ले कार्ड प्रदर्शन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क

 

धनुषामा क्रियाशिल मानवअधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले महिला हिंसा न्युनिकरण र क्वारेन्टान सुधारको माग गर्दै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् ।

मगलवार बेलुका जनकपुरधामको जनकचोकमा कायापल्ट संस्थाको आयोजना र इन्सेक,ओरेक नेपाल,एम्नेष्टि इन्टरनेशनल, महिला मानवअधिकारलगायतको मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्ले कार्ड प्रदर्शन गर्दै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् ।

 

प्ले कार्ड प्रदशर्नीमा क्वारेन्टाइनमा भई रहेको महिला हिंसाको जिम्मेवार को ? , क्वारेन्टाइन व्यवस्थापनमा मौन सरकारलाई जिम्मेवारी बोध गराउ, आउ सामाजिक दुरीसहित आ आफनो सुरक्षा गर्दै सम्भ ढंगले विरोध गरौलगायतको प्ले कार्ड प्रदशर्नी गरेको थियो ।

प्लेकार्ड प्रदर्शनी कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले धनुषा जिल्लालगायतको क्वारेन्टाइनमा महिलाहरुमाथि बलात्कार प्रयास भएको, क्वारेन्टाइन महिलामैत्री हुन नसकेको र क्वारेन्टाइनमा पोषणयुक्त खानाको अभाव र औषधी उपचार र रेखदेख नहुँदा राजु सदा आइसोलेनशनमा छटपटिएर मृत्यु हुन दुखद घटना हुदै आएकाले यसप्रति सम्बन्धित सरोकारवाला पक्ष गम्भिर हुनुपर्ने बताउनुभयो ।

प्ले कार्ड प्रदर्शनी कार्यक्रममा सामाजिक अभियन्ता सरोज मिश्रले अहिले देशभरको क्वारेन्टानमा महिलाहरुमाथि दुव्यर्वहारलगायतको बलात्कारका घटनाहरु समेत हुदै आएकाले विरोध स्वरुप प्ले कार्ड प्रदर्शन गरेको बताउनुभयो ।

कायापल्ट संस्थाका अभियन्ता कैयुम राइनले क्वारेन्टाइनमा बाहिरबाट व्यवस्थित र सुरक्षित भनिए पनि भित्रबाट महिलामैत्री हुन नसकेको, क्वारेन्टाइनमै घटना हुदै आएको र आइसालेशन वार्ड समेत व्यवस्थित नभएकाले आफुहरुले विरोध स्वरुप प्ले कार्ड प्रदर्शन गरेको बताउनुभयो ।

हिले कोरोना भाइरसको संक्रमित देशभर फैलि रहेको अवस्थामा समेत क्वारेन्टाइन र आइसोलेशन व्यवस्थित नहुनु र अस्पतालहरुमा भेन्टिलेटरको समेत व्यवस्था हुन नसक्नुमा राज्यपक्षको कमजोरी देखिएकाले तत्कालै क्वारेन्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्दै भेन्टिलेटरसहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पताल निमार्णमा जोड दिनुपर्ने बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

Source:https://kshreereshwornath.com/news/4366?fbclid=IwAR0q35XAEAm889DJlGksd_WBl8nSXrnA3JTBu40B0Av1tTkc2La0Uys-q3o