








कालिका खबर डटकम । २०८१ पुस २६ गते
सुखड । कैलालीको कैलारी गाउँपालिका–५ पबेरा स्थित जनकल्याण माध्यमिक विद्यालयको सभा हलमा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको सहयोग, कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको समन्वय र वाल अधिकार चेतना समूह जनकल्याण माध्यमिक विद्यालय पबेराको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्न वक्ताहरूले वातावरणीय प्रदूषणका कारण स्वास्थ्यमा चुनौती थपिएको हुँदा वातावर क्षेत्र सफा राख्नु पर्ने बताएका थिए । दिनहुँ जम्मा हुने फोहोर, धुलो र धूवाँजस्ता प्रदूषणको कारणले मानिसहरू अस्वस्थ भइरहेको उनिहरुको भनाई थियो । विकराल वायु प्रदूषणले गर्दा थुप्रै मानिस आँखा, घाँटी, फोक्सो, मुटुलगायत विविध श्वास÷प्रश्वासका रोगहरूबाट पीडित बनिरहेको वक्ताहरूको भनाई थियो । वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ रहने उनिहरुको धारण रहेको थियो ।
स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाको कृषि शाखाका प्रमुख मैयाँ चौधरी, जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ चौधरी, संरक्षक सन्तराम चौधरी,शिक्षक जनक धामी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका सहजकर्ता वीरेन्द्र शाहले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनको अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।
वातावरण संरक्षणका लागी सम्पूर्ण सरोकारवालाहरूले आआफ्नो तर्फबाट सहयोग र समन्वय गर्नु पर्ने उनको धारण रहेको थियो । स्वच्छ वातावरण निर्माण महत्त्वपूर्ण विषय भएकोले राज्यको तीन वटै निकाय एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । राज्यका निकायहरूबिच समन्वय नहुँदा स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने व्यक्तिको मौलिक अधिकार हनन भइरहेको शाहले बताए । गाँस,बास,कपास सँग सँगै स्वच्छ बातावरमा बाच्न पाउनु आफ्नो अधिकार भएको उनले बताए । साथै उनले बालबालिकाहरूलाई विद्यालय बरिबरी सफा र सुन्दर राख्न समेत आग्रह गर्नु गरे ।
जनकल्याण माध्यमिक विद्यालयमा गठन गरीएको वाल अधिकार चेतना समूहका सचिव सुरस्मिा चौधरीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका सहजकर्ता वीरेन्द्र शाहले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।