जप्रिय माविमा छोरिलाई शिक्षा सम्बन्धि नाटक प्रश्तुत
इच्छाकामना एफ एम । २०८० मङ्सिर १३ गते
काउले : चितवनको इच्छाकामना गाउपालिका वडा न २ स्थित श्री जनप्रिय माध्यमिक बिद्यालय काउलेमा इन्सेकद्वारा गठित बालअधिकार समुहका बिद्यार्थीहरुले छोरिलाई शिक्षा सम्बन्धि सचेतनामुलक सडक नाटक प्रस्तुत गरेका छ्न।अझै पनि ग्रामीण भेगहरुमा छोरालाई भन्दा छोरिलाइ शिक्षा दिनमा भेदभाव गर्ने, छोराको दर्जामा छोरीलाई नराख्ने सानै उमेरमा छोरिको बिवाह गर्ने जस्ता अवस्थाका कारण यिनै समस्यामा केन्द्रित रहि बालबालिकाले यस बिषयमा नाटक प्रस्तुत गरेका थिए । नाटकमा जनप्रिय माबिका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले छोरिलाई शिक्षाको कति आवश्यक हाम्रो समाजमा छोरिलाई कस्तो अवस्थामा राखेको छ भन्ने कुरा सडक नाटकबाट प्रस्तुत भएको बताउनुभयो । उहाँले भन्नुभयो,“नाटकमा जनप्रिय माबिका प्रधानाध्यापक नेत्र प्रसाद अधिकारीले छोरिलाई शिक्षाको कति आवश्यक हाम्रो समाजमा छोरिलाई कस्तो अबस्थामा राखेको छ भन्ने कुरा सडक नाटक बाट प्रस्तुत भएको छ, छोरालाई चाहीँ पढ्न पठाउने छोरिलाई नपठाउने छोरीलाई घाँस काट्न पठाउने यस्तो किसिमको परिस्थितिले नै हामिलाई प्रस्ट भयोकी छोरिलाई हामिले शिक्षा दिएका छैनौँ, यो देशको
इन्सेक नेपाल देश भरका बाल बालिकाको बाल श्रम सम्बन्धि बालबच्चाका सवालमा असाध्यै महत्वपुर्ण भुमिका निर्वाह गर्ने एउटा गैरसरकारी संस्था हो ।यो संस्थाले बालबालिकाको अधिकारको बारेमा बालबालिकाले पाउनुपर्ने सुबिधाको बारेमा असाध्यै राम्रो जानकारी राख्छ, यस कारण आबसेक्ता महशुस गर्यो छोरिलाई शिक्षा दिनुपर्छ भन्ने शिक्षा दिने सन्दर्भमा यो नाटकले सान्दर्भिक भुमिका निर्बाह गरोस् भनेर यस विद्यालयमा पनि इन्सेकले नाट्क प्रस्तुत गर्न आर्थिक सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद प्रकट गर्नुभयो। उहाँले छोरिलाई शिक्षा महत्वपूर्र्ण भएको र छोरिको लागि शिक्षामा भेदभाव नगरी छोरा सरह दिनुपर्छ भन्ने सन्दर्भमा सबैले जानकारि प्राप्त गरेको कारणले आजै देखि भाइहरुले आफ्नो दिदी बहिनिलाइ स्कुल लानको निमित्ती सन्देश लैजानु र गाउँघरमा पनि कोही छोरिहरु नपढिकन बसेको छ भने उनिहरुलाई बिद्यालय सम्म आउन उत्प्रेणा जागरण गराएर सबैलाई ल्याउने बातावरणमा सबैको सहयोग भुमिका होस् भन्ने कामना गर्नुभयो । सडक नाटकमा शिक्षक ,बिद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो।