डा. केसीको जीवन रक्षा गर्न सरकारसँग इन्सेकको माग

काठमाडौं, असोज १६ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसँग माग गरेको छ।
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरेकी हुन्।
“डा गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ”, विज्ञप्तिमा भनिएको छ।
HUMAN RIGHTS NEWS PORTAL






