तनहुँमा ६ महिनाको अवधिमा ५३ मानवअधिकार उल्लंघनका घटना

देवघाट अनलाइन । २०८० असार १२ गते

तनहुँमा पछिल्लो ६ महिनामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । उक्त घटनामा ५१ महिला र ९ पुरुष सहित ६० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० असार १२ गते दमौलीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको बारेमा सार्वजानिक गरेका थिए । इन्सेकका अनुसार यस अवधिमा तनहुँमा घरेलु हिंसाका २९, बलात्कार र बलात्कार प्रयासका १४, यौनदुव्र्यहवारको २, हत्याको ६, कुृटपिटको २, गिफ्तारको १ र मानव बेचविखचको १ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका थिए । साथै उपनिर्वाचनको क्रममा ७ वटा निर्वाचन आचार संहिता विपरितको घटना भएको इन्सेकको प्रतिबेदनमा उल्लेख छ ।

सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले राज्य पक्ष यस विषयमा अलि बढि संवेदनशिल बन्नु पर्ने बताए । मानवअधिकारको लामो विषय रहेको भन्दै प्रजिअ रिजालले नेपाला भएका हरेक राजनीतिक आन्दोलनले मानवअधिकारको थप उपलब्धीको रक्षा गरेको बताए । सबैले इमानदारीका साथ आफ्नो जिम्मेबारी पुरा गरेमा मानवअधिकार हननका घटनामा कमी आउने भन्दै प्रजिअ रिजालले सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयलाई सेवाग्राही मैत्री बनाउन आफुले निर्देशन दिएको बताए । विद्यालयमा हुने यौनजन्य दुव्र्यहवारको घटनामा कमी ल्याउनकोलागि स्थानीय तह मार्फत सेचतनाका कार्यक्रम सन्चालन गर्नु पर्ने प्रजिअ रिजालले बताए । अहिले सडक निर्माणको क्रममा अत्याधिक धुलो र हिलोले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर परेको हुँदा ति विषयलाई पनि उपभोक्ताको अधिकारको रुपमा हेरिनु पर्ने प्रजिअ रिजालले बताए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्ट क्षेत्रीले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको एसपी विष्टको भनाई थियो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई छ । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका जिल्ला कार्यसमितिकी सदस्य पवित्रा घिमिरेले मानवअधिकारको घटना कसैले नचाहेर हुने हुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताईन् । उनले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न र स्वास्थ्यको अधिकार प्रति सबै सरोकारवालाहरु गम्भिर बन्नु पर्ने बताईन् । नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव बसन्त दरैले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सबै सचेत बन्नु पर्ने बताईन् । एकिकृत समाजबादीका जिल्ला कमिटिका अध्यक्ष श्रीराम कार्कीले अहिले सबैभन्दा बढि स्वास्थ्य क्षेत्रमा समस्या रहेको हुँदा स्वास्थ्य क्षेत्र सुधार्न राज्यका निकायहरु लाग्नु पर्ने बताए । उनले इन्सेकले स्वास्थय क्षेत्रको समस्यालाई पनि उजागर गर्नु पर्ने बताउनु भयो । विमाका उपभोक्तालाई औषधी नपाउने र उपचार समेत राम्रोसँग नहुने विषयलाई पनि इन्सेकले आफ्नो प्रतिबेदनमा समेट्नु पर्ने कार्कीले बताए । नेपाल बार एसोसियसनका उपाध्यक्ष शिवराज काफ्लेले कैदी बन्दीको अधिकारको बारेमा पनि इन्सेकले अनुगमन गर्नु पर्ने बताए । उनले पक्राउ परेका अभियुक्तलाई २४ घन्टा भित्र कानुन व्यवसायी रोज्न पाउने अधिकारलाई कार्यान्वयन गर्न प्रहरीले सघाउनु पर्ने बताए । गैसस महासंघकी जिल्ला सचिव सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताइन् । पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिबेदन तयार गरेर सन्चारकर्मीलाई धेरै सहयोग गरेको बताए । पौडेलले कारागार अनुगमनको क्रममा देखिएको विषयलाई पनि प्रतिबेदनमा समेट्नु पर्ने बताए । मानवअधिकार निगरानी समुहकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Source: https://devghatonline.com/news/12024