तेस्रो खखडेहरा महोत्सवमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन
कैलाली खबर डटकम । २०८० चैत २८ गते
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–२, कञ्ज,कसवामा सञ्चालित तेस्रो खखडेहरा महोत्सव: २०८० मा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा शारदा माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले तेस्रो खखडेहरा महोत्सवमा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरेका थिए ।
लागू पदार्थ सेवनले मानव जनजीवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदलबाट युवा तथा बालबालिका कसरी फस्छन्, अभिभावक र शिक्षकको भूमिका, कानुनी उपचार तथा यस बाट कसरी बचाउन सकिन्छ भनेर लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएका हुन् ।
पछिल्लो सममयमा यस क्षेत्रका युवा तथा बालबालिकाहरू लागूपदार्थ दुर्व्यसनीमा फसेकाले थोरै भए पनि सचेतना फैलिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बाल अधिकार चेतना समूहले बताएको छ । नाटक पत्यासत तेस्रो खखडेहरा महोत्सवमा आयोजक समितिले बाल अधिकार चेतना समूहलाई सम्मान पत्रले सम्मान गरेको थियो । तेस्रो खखडेहरा महोत्सवमा विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।