दृष्टिविहीनले भने : हामीलाई आफ्नो मत आफैले हाल्ने वातावरण मिलाउ
एभरेष्ट आवाज डटकम । २०७९ वैशाख १६ गते
पोखराका पुष्पराज बराल दृष्टिविहीन छन् । उनी यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आठौंपटक मताधिकार प्रयोग गर्दैछन् । तर उनलाई यसपटक मतदान गर्ने मन छैन । किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महशुष छ । उनी भन्छन्,‘आठौं पटक मतदान गर्न जाँदापनि मैले आफैले भोट हाल्न पाउँदिन । यसपटकपनि मैले मेरो भोट अर्कैलाई हाल्न लगाउनुपर्ने बाध्यता छ । यसले मेरो भोट कसरी सुरक्षित हुन्छ रु ।’ आफूले एउटालाई हाल भन्दा अर्कैलाई हालिदियो भने रु उनी थप्छन्,‘त्यसैले निर्वाचन आयोगले जबसम्म आफैले भोट हाल्ने वातावरण मिलाउँदैन तबसम्म हामी दृष्टिविहीन कोहिपनि भोट हाल्न नजाऔं ।’ अर्का दृष्टिविहीन चेतप्रसाद भण्डारीपनि मताधिकार सुरक्षित मात्र नभई कसलाई मत दियो भन्ने गोपनियतापनि नरहने अवस्थाप्रति चिन्ता व्यक्त गर्छन् । दृष्टिविहीन आफैले भोट हाल्ने व्यवस्था हुनुपथ्र्यो,उनले भने,‘नत्र त हाम्रो भोट अर्कैले हाल्दा आफूले चाहेको उम्मेदवारलाई भोट नजाने सम्भावना त छँदैछ । अर्कोतिर जसले हाम्रो भोट हालिदियो उसले सार्वजनिक गरिदियो भने रु’ त्यसैले आफूहरुको मताधिकारको गोपनियता सुरक्षित नरहने अवस्था रहेको उनको भनाई छ ।
बराल र ढकाल मात्र होईन अपाङ्गता स्वाबलम्वन विकास संघ ९डिडा० नेपाल, ईन्सेक गण्डकी प्रदेश र आइएनएफले शुक्रबार पोखरामा संयुक्त रुपमा आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको विकासका निम्ति सम्बन्धित सरोकारवालाहरुबीच नीतिगत सम्वाद’ विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि दृष्टिविहीनसहितका अपाङ्गता भएका व्यक्तिहरुले निर्वाचनमा आफूहरुको मताधिकार सुरक्षित नहुनुका साथै गोपनीयतापनि नभएको बताएका हुन् । आफूहरुको मताधिकार र गोपनीयता सुरक्षित गर्नका लागि राज्य, निर्वाचन आयोग, दलहरु, नेताहरु, नागरिक समाजलगायतलाई उनीहरुले आग्रह गरे । कार्यक्रममा बोल्दै दृष्टिविहीन रुबिना घिमिरेले राजनीतिक पहुँच नपुग्दा अपाङ्गता भएकाहरुको चुनावी अधिकार सुरक्षित नभएको टिप्पणी गरिन् । जसका कारण आफूहरुले दुःख पाएको उनको गुनासो छ । ‘चुनावमा भोट हाल्न जाँदा बाटोको समस्या, भोट हाल्दा आफैले हाल्न नसक्ने समस्या, हालेपछि गोपनियता भंग हुने खतरा हुन्छ’–उनले भनिन् । त्यसैले राजनीतिक पहुँच पु¥याएर समाधान खोज्नुपर्ने उनको भनाई छ ।
दृष्टिविहीन शेरजंग गुरुङले दलहरुले जारी गर्ने घोषणापत्रपनि आफूहरुले पढ्न नपाएको गुनासो गरे । चुनावमा मताधिकार सुरक्षित नहुने, गोपनीयता भंग हुने सम्भावना त छँदैछ,उनले भने,‘हामीले उम्मेदवारका घोषणा पत्रपनि पढ्नबाट बञ्चित भयौं, यो त सरासर अन्याय हो ।’ सुस्त श्रवण अपाङ्गता भएका शक्तिप्रसाद लामिछानेले आफ्नो दोभासे दीलमाया गुरुङमार्फत चुनावमा भोट हाल्न लाइन बस्दा झञ्झट र दुव्र्यवहार बेहोर्नुपर्ने स्थिति रहेको बताए । ‘हामी भोट हाल्न बस्छौं तर हामीलाई राम्रो व्यवहार हुँदैन’–उनले भने । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका प्रतिनिधि निरज गिरीले निर्वाचनमा मताधिकार सुरक्षित गर्ने, गोपनीयता कायम राख्नेसम्म मात्र नभई मतदान सहज रुपमा गर्ने वातावरणपनि निर्माण गरिनुपर्ने बताए । ‘मतदान स्थलमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै लाईन हुन्छ तर अपाङ्गता भएका हाम्रो लागि छुट्टै लाईन हुँदैन । अब हाम्रो लागिपनि छुट्टै लाईन हुनुप¥यो’–उनले भने ।
राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष अञ्जना केसीले भने चुनाव बहिस्कार गर्ने भनाई सहि नभएको बताईन् । माग पूरा नभएपनि चुनाव बहिस्कार गर्नु उचित नहुने भन्दै उनले भनिन्,‘भोट नहाल्ने होईन हालौं, मताधिकार सुरक्षित गरौं अहिले, जितेपछि उहाँहरुलाई भेटेर हामीले तपाईंलाई भोट हालेर जितायौं, अब हाम्रो माग पूरा गर्नुपर्छ भनेर दवाब दिऔं ।’ ईन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले निर्वाचन प्रणालीमा अपाङ्गता भएकाहरुको अधिकार सुरक्षित गर्न राज्य, निर्वाचन आयोग, दलहरुलगायतको ध्यानाकर्षण गराए । अपाङ्गता स्वाबलम्वन विकास संघ ९डिडा० नेपालका प्रदेश अध्यक्ष दीपक तिमिल्सिना, शिक्षाका लागि नागरिक राष्ट्रिय अभियान गण्डकी प्रदेश संयोजक ईन्दिरा पौडेल, स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङलगायतले संविधानले अपाङ्गता भएकाहरुको अधिकार सुनिश्चित गरेपनि व्यवहारिक कार्यान्वयन नहुँदा अपाङ्गता भएकाहरुको समस्या ज्यूँ का त्यूँ रहेको बताए । अपाङ्गता भएकाहरुको समस्या समाधान गर्न राज्य र दलहरु जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाई थियो ।