![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
शिरीष न्यूज डटकम । २०८० भदौ २९ गते
जनकपुरधाम- नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धनुषाको मिथिला नगरपालिका -२ स्थित रहेको श्री जनता मावि नक्टाझिजले प्रथम स्थान हासिल गरेका छन्। धनुषाको ढल्केबरमा मिथिला नगर बाल संजालको अध्यक्ष दिपेश कुमार सिंहको अध्यक्षता तथा मिथिला नगरपालिका को नगर प्रमुख महेन्द्र महतोको प्रमुख आथित्यमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको छ। प्रतियोगितामा मा मिथिला नगरपालिका भित्रका सामुदायिक तथा निजी विधालय गरी जम्मा ९ वटा मावि विधालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा जम्मा १९ अंक ल्याएर श्री जनता मावि नक्टाझिज प्रथम,१६ अंक ल्याएर महेन्द्र मावि ढल्केबर द्वितीय,१५ अंक ल्याएर न्यु होराइजन ईङगिलस बोडिङ्ग स्कुल बेगाडाबर तृतीय स्थान हासिल गरेका छन् भने चिल्ड्रेन गार्डेन ईङगिलस बोडिङ्ग स्कुल ढल्केबरले सान्तवना स्थान ल्याएको थिएँ। बालबालिका मा लगानी: सुनिश्चित भविष्यको थलानी मुल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा मिथिला नगर बाल संजाल ढल्केबर धनुषाको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केबर धनुषा,र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको संयुक्त आर्थिक सहयोगमा शुक्रबार महेन्द्र मावि ढल्केबर मा प्रतियोगिता गरिएको कुरा संजालकी उपाध्यक्ष बन्दना यादवले बताईन्।
कार्यक्रमका प्रमुख अतिथि मिथिला नगरपालिका का नगर प्रमुख महेन्द्र महतोका अनुसार यस्ता – यस्ता क्रियाकलापले विधार्थीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने र विधार्थीहरको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि भई पछि काम पाउन र काम गर्नलाई सहज हुने कुरा बताउनुभएको थियो भने कार्यक्रमका विशिष्ट अतिथि मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीका अनुसार हाजिरीजवाफ प्रतियोगिताले बालबालिका विधार्थीहरुलाई पढाई प्रति उत्साह थप बढ्ने र उनीहरूलाई दैनिक जीवनमा आईपर्ने कामहरुलाई सजिलो ढङ्गले निर्वाह गर्न मदत पुग्ने कुरा व्यक्त गर्नुभयो। त्यस्तै मिथिला नगर बाल संजाल ढल्केवर धनुषाका अध्यक्ष दिपेश कुमार सिंहले ” बालबालिकाहरुको लागि छुट्याइएको बजेट मा कुनै पनि तवरले बजेट कटौती नगरी बालबालिकाको क्षेत्रमा निर्धक्क भएर साथ र सहयोग गर्न नगरपालिका सँग अपिल गरेका थिए। देशको मेरुदण्ड आजका बालबालिका रहेकोले भावी पुस्तका सन्ततिलाई योग्य र सक्षम बनाउन बालबालिकाहरुको क्षेत्रमा सबैभन्दा बढि बजेट छुट्याएर आगाडि बढ्न नगरपालिका सँग अपिल गरेका थिए। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मिथिला नगरपालिका का बाल कल्याणकारी अधिकार मिलन देवी श्रिवास्तव, मिथिला नगरपालिका वार्ड नं -७ का वाडा अध्यक्ष रामबहादुर स्याङदान,महेन्द्र मावि ढल्केबर का प्राधानाध्यापक रामकुमार महतो, मनोविमर्शकर्ता विणा कडारी लगायत शिक्षक विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो। कार्यक्रमको उदघोषक र सञ्चालन हिमालय युवा क्लब का संरक्षण एवम् पुर्व अध्यक्ष अरुण कुमार महतोले गर्नु भएको थियो।