नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड
March 3, 2020
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा मानव अधिकार निगरानी समूह र निर्वा्चित जनप्रतिनिधिहरूको बुझाइमा एकरूपता होस् भनने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । संयोजक महतले इन्सेक अभियान र मानव अधिकारको अवधारणा विषयमा सहजिकरण गर्दै मानव अधिकारको विषय बस्तुहरूलाई समय र परिस्थिति अनुसार फरक हुने बताउनु भयो ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले जनप्रतिनिधिहरूलाई मानव अधिकारको विषय छुट्याउन गाह्रो भएकोले उनीहरूलाई मानव अधिकारको विषयमा सचेत गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार सम्बन्धी निति नियमहरू कार्यान्वयन गर्न पहल गर्ने बताउनु भयो । राप्ती सोनारी गाउँपालिकाकी उपाध्ययक्ष धनिकुमारी खत्रीले मानव अधिकार प्रत्याभूत गराउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत बलबहादुर बस्नेतले शिक्षा नियमावली लगायत ३० वटा भन्दा बढी नियमावली बनाइ सकेको बताउनु भयो ।