निर्वाचन स्वच्छ, निस्पक्ष र भयरहित बनाउन अन्तरकृया

दूर सञ्चार डटकम । नेपालगजञ्ज । २०७९ असोज ३० गते

नेपालगन्ज : स्वच्छ, निस्पक्ष र भयरहित निर्वाचनका लागि संचारकर्मी र पर्यवेक्षहरु बीच अन्तरकृया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आइतबार उक्त कार्यक्रम गरेको हो । 
इन्सेकका प्रदेश संयोजक भोला महतको सभापतित्वमा जारी कार्यक्रममा मानबअधिकारकर्मी, पत्रकार, कानुन ब्यवसायी लगायत सहभागी छन । कार्यक्रममा सहभागीहरुले आ-आफ्नो धारणा राखेका थिए ।

Source: https://www.dursanchar.com/detail/3321