न्यायमा पीडितको पहुँच बढाउन छलफल
सौर्य अनलाइन डटकम । २०७९ फागुन १५ गते
कालीकोट । न्यायमा पीडितको पहुँच अभिबृद्धि गराउने विषयमा छलफल गरिएको छ । ईन्सेक कालीकोटको आयोजना तथा मानव अधिकार रक्षक सञ्जालको समन्वयमा पीडितको न्यायमा पहुँच अभिबृद्धि बिषयमा बृहत् छलफल गरिएको हो । गाउँ समाजमा हुने विभिन्न घटनाहरुमा संलग्नले पीडित पक्षलाई पीडित नै बनाइ राख्ने चलन अझै रहेकाले सरोकारवाला निकाय तथा नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गर्ने नागरिकहरुले पीडितको न्यायका लागि एकजुठ भएर लाग्नु पर्ने ईन्सेक प्रतिनिधि कालीबहादुर मल्लले बताए । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सिताराम रावतले आर्थिक अभाब कम भएका पीडितले मुद्दा चलाउन नसक्ने अवस्था नभएमा सहयाेग गर्ने बताए । अन्य कानुन ब्यवासायीहरुले पनि गरिब तथा दिनदुखिहरुका लागि मुद्दा चलाउन सहयाेग गर्न अनुराेध समेत गर्ने र पीडिकलाई केही दिन खाना बस्नका लागि पनि सरकारी वकिल कार्यालयमा छुट्टै कक्ष संचालनमा ल्याएकाे बताएका छन ।
सो क्रममा अधिवक्ता अम्मलराज शाहीले कानुनी परामर्शका विषयमा सहभागीहरुलाई जानकारी दिंदै हरेक पीडितको न्यायका लागि कानुनी परामर्श देखि भौतिक तथा नैतिक सहयोग गरेर पिडकलाई न्याय दिनु पर्नेमा जोड दिए । प्रायजसो महिला, दलित, बालबालिका, लैगिक हिंसामा परेका हरेक नागरि पीडित हुनेहुँदा खोजी गरि पीडितलाई न्याय दिनु पर्नेमा सहभागीहरुले जोड दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी, स्वास्थ सेवा कार्यालयका कटकबहादुर महत, मानव अधिकार रक्षक संजालका डिल्लीप्रसाद चौलागाँईलगायत जिल्ला स्थित नागरिक समाज, सोसेक नेपाल र पत्रकार तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।