परिपुरण पुनस्थापना न्याय र मेलमिलाप परामर्श बैठक सम्पन्न
नेपाल कलम डटकम । २०८० भदौ १९ गते
हेटौंडा /नेपालमा सक्रमणकालिन न्यायमा परिपुरण पुनस्थापना न्याय र मेलमिलाप परामर्श बैठक हेटौंडामा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह (whr) मकवानपुर र नेपाल पुनःस्थापिकिय न्याय मंचको सयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महासाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले समाजमा आर्थिक सामाजिक एवम् राजनीतिक रुपमा पछाडी रहेका द्वन्द्व पीडित तथा एकल महिलालाई केन्द्रित गर्दै शिक्षामा छात्रवृत्ति तथा विभिन्न आय आर्जनमा जोड्न विभिन्न कार्यक्रमहरु उपमहानगरले संचालक गरिरहेको बताए ।
कार्यक्रममा आयोगका प्रतिनिधि कृष्ण मिश्रले मकवानपुरमा १३ सय उजुरी परेको मध्य ४ सय उजुरिको छानबिन गर्दै राज्यलाई सिफारिस गरेको बताए । यस्तै उनले द्वन्दको समस्या बिस्वब्यापि रुपमै रहेको तर नेपाल अन्य मुलुक भन्दा कम रहेको भन्दै ती नेपालमा रहेका पीडितहरुको न्यायका लागि राज्यपनि जिम्मेवार हुँदै उनिहरुलाई न्याय दिन लाग्नु पर्ने बताए । कार्यक्रममा ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले द्वन्द पीडित तथा मानव अधिकार उल्लंघनको घटनामा आफुहरुले निरन्तर रुपमा काम गर्दै आईरहेको बताए । यस्तै उनले मानव अधिकारको उलंघनको घटना कतै भैइरहेको जानकारी भए सस्थामा जानकारी दिन अनुरोध गरे । एकल महिला मकवानपुरको कार्यबाहक अध्यक्ष शान्ता बिकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुनःस्थापिकिय न्याय मंचका अध्यक्ष राम तिवारीले परिपुरण केन्द्रित न्याय सम्बन्धि कार्यपत्र पस्तुत गरेका थिए । कार्यक्रममा नेपाल बार एसोसेसन मकवानपुरको अध्यक्ष अप्सरा बस्नेत , मकवानपुरमा रहेका द्वन्द पिडित परिवार , बेपत्ता परिवारका सदस्यहरु,प्रशासनका प्रतिनिधि ,अपाङ्ग महासंघका प्रतिनिधि र एकल महिलाहरुको सहभागिता रहेको थियो ।