पाँचथरमा मानव अधिकार उल्लंघनका २७ घट्ना अभिलेखिकरण सवैभन्दा धेरै बलात्कार

मिटेरी डटकम । २०८१ असार २९ गते

फिदिम – पाँचथर जिल्लामा सन २०२४ को जनवरी १ देखि जुलाई ६ सम्मको ६ महिनामा २७ वटा मानव अधिकार उल्लंघन सम्वन्धि घट्ना अभिलेखिकरण भएका छन ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले यत्तिका घट्ना अभिलेखिकरण गरेको हो । इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकको अर्ध वार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार जिल्लाभर हत्या प्रयासका ६,हत्याका ३,साइवर क्राइमको १ र यौन दुव्र्यवहार सम्वन्धि १ गरी जम्मा २७ वटा घट्ना अभिलेखिकरण भएको तथ्यांक सार्वजनिक गरिएको हो । नागरिकलाई इन्सेकले खानेपानी स्वास्थ्य र शिक्षा सम्वन्धि अधिकार दिन राज्य चुकेको पनि उल्लेख गरेको छ ।

पाँचथर अस्पतालमा भौतिक संरचना भएपनि आइसियु वार्ड सञ्चालनमा नआउनु र कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी रहनुलाई पनि मानव अधिकारको सिद्वान्त विपरित रहेको टिप्पणी गरेको छ । बिहिबार फिदिमममा आयोजित वर्ष पुस्तकको अर्ध वार्षिक समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि इवारा जवेगूले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा सहभागीहरुले जिल्लामा बाल विवाहको संख्या उल्लेख्य भएपनि वर्ष पुस्तकमा नसमेटिएको तथा बलात्कार र यौन दुव्र्यवहारका घट्ना गाँउ घरमै मिलाउन प्रयास हुने गरेका लगायतका टिप्पणी गरेका थिए ।

Source: https://miteree.com/news-details/7932/2024-07-12?mibextid=JOZb8W

Source: https://shorturl.at/aPJX8

Source: https://shorturl.at/SWPvb