पूर्वमुख्यमन्त्री शाहीको गृहजिल्ला कालीकोटमा एउटा मात्रै सार्वजनिक शौचालय, दैलेखमा सबैभन्दा बढी

लोकतन्त्र डटकम । २०८१ फागुन १२ गते

कर्णाली प्रदेशका दुई जिल्लामा एक-एक वटा मात्रै सार्वजनिक शौचालय रहेको पाइएको छ ।

इन्सेक नेपालद्वारा प्रकाशित स्थिति सूचकमा उल्लेख भएअनुसार कालीकोट र मुगुमा एक-एक वटा मात्रै सार्वजनिक शौचालय रहेको पाइएको हो । 

कालीकोट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला हो ।

कर्णालीका दश जिल्लामा १०१ सार्वजनिक शौचालय रहेको प्रतिवेदनमा उल्लेख छ । 

दैलेखमा सबैभन्दा बढी ३४ वटा रहेको सार्वजनिक शौचालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार डोल्पामा दुई, हुम्लामा पाँच, जुम्लामा दश वटा सार्वजनिक शौचालय रहेका छन् ।

यस्तै, सुर्खेतमा २३ वटा शौचालय रहेका छन् भने जाजरकोटमा ७, रुकुम पश्चिममा तीन र सल्यानमा १५ सार्वजनिक शौचालय रहेका छन् ।

Source: https://lokantar.com/story/280848/2025/2/24/current-affairs/toilet-