![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसका अवसरमा २६ औँ ‘प्रकाश मानव अधिकार पुरस्कार-२०७६’ बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ ।
साउन १६ गते इन्सेकले काठमाडौँमा आयोजना गरेको २८ औँ प्रकाश स्मृति दिवस तथा २६ औंँ प्रकाशमानव अधिकार पुरस्कार घोषणा सहारोहमा सो जानकारी गराइएको हो ।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवं राष्ट्रपतिका पूर्व मानव अधिकार र राजनीतिक विज्ञ सुशील प्याकुरेलले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पु¥याएको योगदानका लागि यसअघि २५ जनालाई प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताईन ।
इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्व छनोट गरिएको बताए ।
’बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित रुपचन्द्र विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।’ महासचिव चर्माकारले बताए ।
कोरोना सङ्क्रमणको महामारीका कारण यो वर्ष साउन १६ गते पुरस्कार प्रदान गर्न नसकिएको बताउँदै अवस्था सामान्य भएपछि पुरस्कार प्रदान गरिने पनि उनले बताए ।
इन्सेकका संस्थापक सदस्य डा. बद्रिप्रसाद खतिवडाले नेपालको मानव अधिकारको विकासका लागि स्वर्गीय प्रकाश काफ्लेको निकै ठूलो योगदान रहेको बताए ।
मानव अधिकारकर्मी गणेश बिकले पुरस्कृत व्यक्तित्वले समाजमा योगदान पु¥याएको र उक्त कामलाई इन्सेकले चिनेको बताए ।