प्रदेशका अस्पतालमा मनोपरामर्श सम्बन्धी युनिट स्थापना गर्छौंः मुख्यमन्त्री पाण्डे
समाधान न्यूज । २०८० भदौ २५ गते
गण्डकी प्रदेशमा आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु छलफल गरिएको छ । प्रदेश सरकारको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र कोशिश नेपालको आयोजना र सहकार्यमा मुख्यमन्त्री सरेन्द्रराज पाण्डे, सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडाको उपस्थितिमा सरोकारवालाहरु बिच छलफल गरिएको हो । बैठकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोपिला नेपाल, अपांग महासंघ, गण्डकी प्रदेश प्रहरी, मनोचिकित्सकहरु लगायतको उपस्थिति थियो । विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ छलफल गरिएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाय भनेको सचेतना नै भएको बताए । ‘यहीँ कारणले मान्छेले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र विभिन्न कारणहरु हुन सक्छन् । आत्महत्या एकै चोटी आउने मनोवित्त पनि होइन् । यसकारण आत्महत्या रोकथामका लागि नीति निर्माताहरु तथा सरोकारवालाहरु बिच समन्वय र सहकार्य हुन आवश्यक छ,’ मुख्यमन्त्री पाण्डे भने ।
उनले गण्डकी प्रदेश भित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक भएपनि यो याकिन नहुने बताउनुभयो । उनले, ‘आत्महत्या एउटा मानसिक रोग त हो । यो सरकारले आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने हो, त्यो हामीहरु गर्छौं । सरकारको क्षमता अनुसार सचेतना फैलाएर हुन्छ वा समन्वय गरेर त्यो हामी गर्छौं ।’ उनले मनोरोगीहरुलाई लक्षित गर्दै प्रत्येक अस्पतालमा उपचार गर्ने युनिट राख्न पहल गर्ने बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ । सकारले त्यो व्यवस्था गर्न प्रयास गर्छ,’ उनले भने । प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको व्यवस्था गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री शुशिला सिम्खडाले सरकारले आत्महत्या रोकथाम गर्न धेरै काम गरिरहेको बताइन् । ‘यो सरकार हो । एउटै कुरा मात्र सोच्ने भन्ने होइन् । यसले समग्र प्रदेशबासीको बारेमा काम गर्दा कहीकतै कमजोरी भएपनि आगमी दिनमा राम्रो गर्दै जान्छ,’ उनले बताइन् ।
आत्महत्या परिस्थितिले जन्माउने दुर्घटना भएको उनको भनाइ थियो । ‘आत्महत्या कसैलाई दोष दिएर हुँदैन । यो परिस्थतिले जन्माउछ । सरकारले आत्महत्या रोकथाम गर्न आगमी दिनमा गुरुयोजना बनाएर आगडि बढ्छ,’ उनले भनिन ।
कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले आत्महत्या दर संसारमा बढेर गएपनि नेपालमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा केन्द्रीत नभएको बताए । स्थानीय सरकारबाटै आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । ‘मन्त्रालयले आत्महत्या रोकथामका लागी बजेट पनि छुट्याएको छ । तर, यो कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा शंका छ । मानसिक स्वास्थ्य सम्बन्धी छुटिएका बजेट फूल फेजमा कार्यान्वयनमा लगे केही हदसम्म आत्महत्याको रोकथाम गर्न सहयोग पुग्छ,’ उनले भने ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष सुवास अधिकारीले गण्डकी प्रदेशमा एसडीजीसँग मिल्दोजुल्दो आत्महत्या रोकथामको स्थिति बारेमा प्रस्तुतिकरण गरेका थिए । यस्तै कार्यक्रममा आत्महत्याबाट प्रभावित व्यक्तिको अनुभाव प्रस्तुत गरिएको थियो । कोशिश नेपालको तर्फबाट सुदीप घिमिरेले आत्महत्यामा कोशिसको प्रयास बारेमा जानकारी दिए । उनले मनोपरामर्शका क्षेत्रमा राज्ले लगानी गरेर आत्महत्या कम हुँदै जाने बताए । ‘कोशिशका एउटा प्रयास हो । लामो समयदेखि हामीले विभिन्न प्रोटेक्ट मार्फत आत्महत्या सम्बन्धि काम गर्दै आएका छौं । एउटा सस्था मात्र होइन्, राज्ले साथ दिए मात्र आत्महत्या गर्ने सोच बनाएकालाई परामर्श मात्र गर्न सकियो भने जीवन बचाउन सकिन्छ,’ घिमिरेलले सुनाए ।