प्रदेश १ का विभिन्न घटनामा ९७० जना पीडित

बाह्रखरी डटकम । २०७९ फागुन ८ गते

विराटनगर । सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९७० जना पीडित भए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले सोमबार विराटनगरमा पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रम गरी ती घटनाबारे जानकारी गराएको हो । इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले मानवअधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानवअधिकार हनन् तथा ज्यादतीका घटनामा ९१८ जना पीडित भएका बताए । यस्ता घटनामा ४५७ जना र बालअधिकार उल्लड्घनका घटनामा २९९ जना पीडित भएको थापाको भनाइ छ ।

यस वर्ष प्रदेश १ मा अपहरणका घटनामा दुई जना,गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बालअधिकारका घटनामा २९९ जना, हिरासतमा मृत्यु एकजना, अमानवीय व्यवहार घटनामा एकजना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एकजना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार नौजना, धम्की एकजना, महिला अधिकारका घटनामा ४५७ जना र कारागारमा मृत्यु चारजना गरी ९७० जना पीडित भएका इन्सेकले जनाएको छ । निर्वाचनसँग सम्बन्धित मानवअधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७ जना पीडित भएको इन्सेक किताबमा उल्लेख छ ।

Source: https://baahrakhari.com/detail/379278