फोरम एशियाको अध्यक्षमा विजयराज गौतम निर्वाचित
अन्नपूर्ण पोष्ट डटकम । २०८२ असोज १० गते
काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया)को अध्यक्ष पदमा निर्वाचित भएका छन्।

फोरम एशियाको बिहीबार सम्पन्न १९औं साधारण सभाले गौतमलाई आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो। एशियाका ७० भन्दा बढी मानव अधिकार संस्थाहरू सदस्य रहेको यस मञ्चले मानव अधिकार, मानव अधिकार रक्षक र सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्ने गर्छ।
थाइल्याण्डको बैंककमा मुख्यालय रहेको फोरम एशियाको नेपाल, फिलिपिन्स र जेनेभामा शाखा कार्यालयहरू रहेका छन्। गौतम एशियाको ठूलो मानव अधिकार संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुले नेपालको मानव अधिकार अभियानमा मद्दत पुग्ने अपेक्षा इन्सेकले गरेको छ।
Source: rb.gy/oc016c
HUMAN RIGHTS NEWS PORTAL






