बलात्कार घटनामा पीडित बालिकालाई इन्सेकको १० हजार सहयोग

त्रिरत्न न्यूज डटकम । २०८१ असार १३ गते

प्रदेश १

बलात्कार घटनामा पीडित २१ महिनाकी बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

इन्सेक प्रतिनिधि भविन कार्की मार्फत कोशी प्रदेश कार्यालयले पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि १० हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

पीडित पक्षले इन्सेक प्रतिनिधिलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएपछि इन्सेकले पीडितलाई सहयोग गरेको इन्सेक प्रतिनिधि  भविन कार्कीले बताए ।  

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि आग्रह गरेको थियो ।  इन्सेकको सहयोगपछि पीडित पक्ष कानुनी प्रक्रियामा गएको छ । पीडित पक्षले बलात्कार  घटनाका आरोपित  १४ वर्षीय बालक विरुद्ध असार ९ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।  आरोपित विरूद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ ।

 Source: https://shorturl.at/95RGd