बालअधिकार समूहले गर्याे माछापुच्छ्रेमा नाटक प्रदर्शन

सफल आवाज डटकम । २०७९ चैत ३ गते

पोखरा, ३ चैत । बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा सचेतना बढाऔं, बालबालिकाको भविष्य सुनौलो बनाऔं’ शिर्षकमा नाटक प्रदर्शन गरिएको हो । नाटकमा रोजिना अधिकारी, विद्या बुढाथोकी, दिब्या अधिकारी, अभय नेपाली, सृष्टि नेपाली, आयुष अधिकारी र उत्तम अधिकारीले विभिन्न भूमिकामा रहेर नाटकमा अभिनय गरेका थिए । कास्की क्षेत्र नं.–३ का प्रतिनिधिसभा सदस्य दामोदर बैरागी पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम अधिकारी, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले विद्यार्थीहरूले नाटकमा जिवन्त अभिनय गरेको बताए । नाटकमा समाजमा देखिएको वास्तविक घटनालाई चित्रण गरिएकाले शिक्षा र स्वास्थ्यमा सचेतना फैलाउन सहयोग पुग्ने उनीहरूले प्रतिक्रिया दिए ।

Source: https://safalawaj.com/2023/03/17/117405/