बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारबाही गर्न दुई दर्जन संघसंस्थाको माग
विराटनगर , २३ बैसाख । बिरामीको उपचार नगर्ने विराटनगरका निजी अस्पतालहरुलाई कानुनी कारबाही गर्न गर्न दुई दर्जन नागरिक संस्थाहरुले संघीय र प्रदेश सरकारसँग माग गरेका छन ।
नोबेल टिचिङ्ग अस्पताल तथा विराट अस्पताल (विराट नर्सिङ्ग होम) र विराट टिचिङ्ग लगायतका अस्पतालहरुले कोरोनाको आशंकाको भरम भर्ना नगरी सिकिस्त विरामीहरुलाई उपचारबा बंचित गराएको भन्दै दुई दर्जन नागरिक संघसस्थाहरुले प्रधानमन्त्री र प्रदेश १ का मुख्य मन्त्रीलाई मंगलबार ज्ञापनपत्र पठाएर कानूनी कारबाहीको माग गरे ।
‘अमानवीय तरिकाबाट गेटबाटै फर्काउने तथा बिभिन्न जिल्लाबाट आपतकालीन उपचारको लागि आएका बिरामीहरूको मृत्यु समेत भएका घटनाहरूको गम्भीर अनुसन्धान गरी उपचार नगर्ने अस्पतालहरूलाई कडा भन्दा कडा कारबाही गरियोस्’ , नागरिक संस्थाहरुले ज्ञापनपत्रमा उल्लेख छ ।
नगरिक समाजले बिरामीहरूले नियमित उपचार पाउन हक सुनिश्चित गराउन पनि सरकारसँग आग्रह गरे ।
श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवी नागरिकहरुको कष्टकर दैनिकीलाइ सम्बोधन गर्न सुत्केरी महिला, बालबालिका तथा अशक्त नागरिकहरूलाई बिशेष ध्यान दिन समेत माग गरिएको छ ।
यस्तै स्थानीय तहहरुमा रहेका क्वारेन्टाइनलाई मापदण्ड अनुकुल बनाउन राहत वितरणमा एकरुपता ल्याउन प्रदेश सरकारद्वारा मनोविमर्श सेवाका लागि निःशुल्क हटलाइन फोन सेवा सञ्चालन गर्न गर्न र हेमोफेलिया, मृगौला, उच्चरक्तचाप लगायतका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा दिलाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
यसरी कार्वाहीको माग गर्नेहरुमा नेपाल वार एसोसिएन, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, ईन्सेक, मानव अधिकार सञ्जाल, महिला मानव अधिकार सञ्जाल, नारी विकास संघ, सिविन हेल्पलाइन, माइती नेपाल, वपरडेक, ओरेक, रिडेफ नेपाल, तराई मानव अधिकार सञ्जाल, कोकन, रिडेफ, राष्ट्रिय अपांङग महासंघ लगायत २४ वटा नागरिक संघसस्थाहरु छन् ।
१८ बैशाख २०७७ मा किटनाशक बिष सेवन गरेर सिकिस्त बिरामी भएका सुनसरी देवानगञ्ज गाउँपालिका १ का रबिन्द यादवको विराटनगरमा अस्पतालहरुले भर्ना नलिकएकै कारण मृत्यु भएको थियो ।
१६ बैसाख २०७७ मा उदयपुरबाट प्रसूतिका लागि आएकी गर्भवती सरस्वती रौनियारलाई नोबेल मडिकल कलेजले कोरोना संक्रमित जिल्लाको बासिन्दा भन्दै अप्रेशन थिएटरबाटै निकालेको थियो ।
१९ बैसाखमा उदयपुरबाटै हात भाचिएर उपचारकालागि भर्ना भएका उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्रीलाईनोबेलले अप्रेसन थिएटरबाटै निकालेको थियो ।
एक महिना अघि मोरङ पथरीशनिश्चरेकी ६५ वर्षिया वृद्धलाई पनि नोबेलले थिएटरबाटै धरान पठाएको थियो ।
धरानको बिपीमा उनको सफल उपचार भएको थियो । १८ चैत २०७६ धनकुटा महलक्ष्मी नगरपालिका ५ की नरदेवी गुरुङको पनि विराटनगरका ठूला अस्पाल चहार्दाचहादै मृत्यु भएको थियो ।
उपचारबाट बंचित गराउने निजी अस्पालहरुलाई कानुनी कार्वाही माग्दै उदयपुरका प्रदेश सांसद नारायणबुर्जा मगर, विमल कार्की र त्रियुगा नगरपालिका गाईघाटका प्रमुख बलदेव चौधरी ले पनि कार्वाही माग गरेका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च विराटनगरले पनि प्देश सरकारलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाई सकेको छ ।
अस्पतालमा भर्ना भइसकेकी बिरामी श्रीमतीलाई उपचारबाट बंचित गराएको भन्दै उदयुरकी सरस्वती रौनियारका श्रीमानले पनि मानव अधिकार अयोाग र जिल्ला प्रशासन मोरङमा कारबाहीको लागि उजुरी दिएका छन् ।
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, समाजिक विकासमन्त्री जीवन घिमिरे लगायतले विपदको बेला उपचारबाट बंचित गराउने अस्पालहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता चिकित्सक संघ कोशीले कोरोना संक्रमित क्षेत्रका विरामीहरुलाई पहिले पीसीआर परीक्षण गरेर मात्र उपचार गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड भएकोले अर्को अस्पतालमा रेफर गर्नु जायज भएको बताएका छन् ।
अध्यक्ष फरवार्ड सिलवालले रेफर जस्तो नियमित प्रकृयालाई गलत ढंगले प्रचारप्रसार गरेर ज्यानको बाजी थापेर उपचारमा सक्रृय भइरहेका चिकित्सकहरुको मनोवल कमजोर बनाउने काम गरेको आरोप पनि लगाए ।
उता नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले संक्रमित क्षेत्रबाट आएका शंकास्पद बिरामीमा यदि कोरोनाको संक्रमण भएमा अस्पतालमा भएका स्वास्थ्यकर्मी र अन्य दर्जनौ बिरामीमा कोरोनाको संक्रमण फैलन सक्ने भएकोले भयावह अवस्था आउन नदिन पूर्वसतर्कता अपनाएको बताएका छन् ।